मिक्लाजुङ् आइतबारेमा नेपाली प्रहरी र शसस्त्रको अस्थायी बेसक्याम्प स्थापना

 लिम्बुवान न्युज
                       

विराटनगर। मोरङको मिक्लाजुङ गाउँपालिकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रदेश प्रहरी कार्यालय विराटनगरबाट अस्थायी बेसक्याम्प स्थापना भएको छ ।

मिक्लाजुङ वडा १ बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक शिक्षक राजेन्द्र श्रेष्ठको नेकपा विप्लप समूहद्वारा हत्या भए पछि सोही वडाको आइतबारेमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा वेस राखिएको हो ।

सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३६ जना र नेपाल प्रहरी निरीक्षकको नेतृत्वमा १५ जनाको टोली उक्त स्थानमा खटिएको छ । आपतकालिन अवस्थामा थप फोर्स समेत परिचालन गर्ने प्रदेश प्रहरीले जनाएको छ । सो बेस कयम्पका दुवै टोलीले विप्लव समूहविरुद्ध संयुक्त रुपमा सर्च अप्रेशन समेत शुरु गरिसकेको छ ।

विप्लव समूह नेकपाका कार्यकर्ताहरुले घरैबाट शिक्षक श्रेष्ठलाई अपहरण गरी बर्वरतापूर्ण घाँटी रेट्दै गत मंगलबार बिहान विभत्स हत्या गरेका थिए । घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले मिक्लाजुङको बर्खे, जौबारी, कोलबोटे, कुवापानी, रमिते क्षेत्र लगायत छिमेकी जिल्ला पाँचथर, धनकुटामा पनि सर्च अप्रेशन चलाएको थियो ।

वेसमा खटिएका सुरक्षाकर्मीले सो वार्डमा निर्माण भएको गरिबी निवारण कोष र मिक्लाजुङ गाउँपालिकाको संयुक्त लगानीमा बनेको भवनमा हाल बस्ने व्यवस्था मिलाइएको छ ।

स्थानीय बासिन्दा र सरोकारवाला राजनीति दल सबैले मिक्लाजुङ आसपासका क्षेत्रमा लामो समयदेखि नेपाल वा सशस्त्र प्रहरीको स्थायी पोस्टको माग गर्दै आएका थिए । सो क्षेत्रमा सुरक्षालाई ध्यानमा राख्दै विगत देखि नै सुरक्षा क्याम्प माग गर्दै आईरहेको कुरा प्रदेश सदस्य कुशल साम्बाले समेत जनाएका छन् ।

स्थायी सुरक्षा पोष्टका लागि गृह मन्त्रालयमा समेत लिखित पत्र पठाइएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जानकारी दिए । ‘गत मंगलबार नै जिल्ला सुरक्षा समितिले एउटा बेस क्याम्प स्थापनाका लागि लेखिपठाएका छौं ।’ ‘अहिले यस्तो परिस्थितिमा थप घटना हुन नदिन संयुक्त टोली परिचालन भएको छ ।’ उनले भने ।

सम्बन्धित समाचार

धरानमा लिम्बुवान भोलेन्टियर्स गठन

दमक, धरानमा लिम्बुवान भोलेन्टियर्स कमान्ड गठन साथै जेनजी युवा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको छ । भोलेन्टियर्सका केन्द्रीय प्रवक्ता गणेश मिभक केसाङको उपस्थितिमा सोमबार कार्यक्रम भएको हो । धरानका विभिन्न वडाहरुबाट विभिन्न पार्टीहरु परित्याग गर्दै...

उज्यालो नेपाल पार्टीका समानुपातिक उमेद्वार सहित तीन नेताले गरे पार्टी परित्याग

दमक, ७ माघ । कुलमान घिसिंङ नेतृत्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् । यसरी राजिनामा दिनेहरुमा पहिचानवादी नेताको छवि बनाएका नेता डकेन्द्रसिंह थेगिम, संघीयवादी नेता ज्ञानबहादुर गुरुङ र...

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...