भेडेटार-रवि-राँके सडक निर्माण समय मै सक्न सराेकारवालाहरूकाे अनुराेध

 लिम्बुवान न्युज
                       

पाँचथर।पाँचथर, माेरङ र धनकुटाको संगम स्थल ६ न. बुधबारेमा भेडेटार-रवि-राँके सडक योजना सम्बन्धमा सरकार पक्ष, ठेकेदार र सरोकार त्रिपक्षीय बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ताेकिएकै समयमा काम सम्पन्न हुनेमा सराेकारवालाहरूकाे चासाे भएपछि यस्ताे कार्यक्रम राखिएकाे हाे ।

एक्जिम बैंक अफ इन्डियाबाट ८७ प्रतिशत र नेपाल सरकारबाट १३ प्रतिशत गरि ने. रु. ३ अर्ब ६५ कराेड ८४ लाख ९५ हजार ५७२ रूपैयाँ लागतमा कालोपत्रे ७ मिटर, सोल्डर दुबै तर्फ १ र १ मिटर सहित ९ मिटर गरि जम्मा १००.३६७ कि.मि. लामो सडक एप्को इन्फ्राटेक प्रा. लि. लखनाउ, भारतले १९ नोभेम्बर, २०१८ मा सम्झौता गरि २०२२ सेप्टेम्बर २४ भित्रमा काम सम्पन्न गर्नु पर्नेमा अहिले सम्म १२.८३ प्रतिशत मात्र काम सम्पन्न भएको छ ।

२०७५ फाल्गुन ३ गते गठित भेडेटार-रवि-राँके सडक निर्माण अनुगमन मुल समितिले समयमै काम सम्पन्न हुन नसक्नुका कारण सहितको सुची तयार गर्दै समयमै काम सम्पन्न गर्नका लागि नेपाल सरकार र ठेकदार पक्षलाई अनुरोध गरिएको सरोकारवालाका प्रतिनिधि जेन्टल लावतीले जानकारी दिएका छन् ।

सरकार पक्षको कमजोरीहरुः
१. सामुदायिक बन भित्र पर्ने १३ कि. मि. सडक निर्माण गर्न सरकारले उचित वातावरण समयमै नगरेको,
२. ४ कि. मि. सडक भित्र पर्ने घरहरु ब्यवस्थापन गर्न सरकारले ढिलो गरेको,
३. मिक्दालाजुडकाे दाडे गौडा सडक बिबाद समधान गर्न नसकेको,
४. ईन्डियाबाट सडक निर्माणका लागि आउने ५१ प्रतिशत समान नाकामा सरकारले टाइट गरेको
आदि ।

ठेकेदार पक्षका कमजोरीहरुः
१. विवाद रहित ठाउँमा पनि काम ढिलो गरेको,
२. मापदण्ड अनुरुप काम नगरेको,
३. स्थानीय सरकार र सरोकार पक्ष सङ्ग समन्वय गर्न नसकेको,
४. जनशक्ति प्रयोग गर्न नसकेको,
५. पेटी ठेक्का गर्नेहरुलाई रकम भुक्तानी नगरेको
आदि ।
प्रदेश १ को आर्थिक मेरुदण्डका रुपमा लिएको भेडेटार, रबि, राके सडकले धनकुटा, मोरङ, इलाम र पान्थर जिल्लालाई समेट्छ । जुन बाटो समयमै सकिनु पर्दछ । यो र त्यो बहनामा सरकार पक्ष र ठेकेदार पक्षले विकासे कार्यहरू ढिला गर्न हुन्न भन्ने सरोकारवालाको बुझाइ रहेकाे छ ।

सम्बन्धित समाचार

धरानमा लिम्बुवान भोलेन्टियर्स गठन

दमक, धरानमा लिम्बुवान भोलेन्टियर्स कमान्ड गठन साथै जेनजी युवा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको छ । भोलेन्टियर्सका केन्द्रीय प्रवक्ता गणेश मिभक केसाङको उपस्थितिमा सोमबार कार्यक्रम भएको हो । धरानका विभिन्न वडाहरुबाट विभिन्न पार्टीहरु परित्याग गर्दै...

उज्यालो नेपाल पार्टीका समानुपातिक उमेद्वार सहित तीन नेताले गरे पार्टी परित्याग

दमक, ७ माघ । कुलमान घिसिंङ नेतृत्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् । यसरी राजिनामा दिनेहरुमा पहिचानवादी नेताको छवि बनाएका नेता डकेन्द्रसिंह थेगिम, संघीयवादी नेता ज्ञानबहादुर गुरुङ र...

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...