सन्तोष शाह बीबीसी मास्ट सेफ प्रोफेसनल्स २०२० को बने उपविजेता

 लिम्बुवान न्युज
                       

लण्डन । विगत केहि हप्तादेखि चल्दै आएको विश्व प्रतिष्ठित टिभी रियालिटी शो ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ बिहिबारबाट समाप्त भएको छ । प्रतियोगितामा भाग लिँदै आएका नेपाली मूलका सेफ सन्तोष शाह उपविजेता बनेका छन् । बिहिबार बेलुका बीबीसी वानमा प्रसारित अन्तिम प्रतिस्पर्धामा तीनजना सेफहरुबीच प्रतिस्पर्धा भएको थियो ।

ग्रान्ड फिनालेको प्रतियोगितामा उनले नेपाली ढाकाटोपी लगाएर प्रतियोगितामा सहभागी भएका थिए । उपाधी भने दुईजना प्रतिस्पर्धीहरुलाई पछि पार्दै बेलायतकै २५ वर्षीय आलेक्स वेबले ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ उपाधि हात पारेका छन् ।

३२ जना चर्चित सेफहरुबाट सुरु भएको उक्त प्रतियोगितामा नेपाली सेफ सन्तोष शाहले विभिन्न मौलिक नेपाली परिकारहरु विश्वमाझ चिनाउन सफल भएका छन् । नेपाली खाना लिएर विश्व प्रतिष्ठित टिभी रियालिटी शो मा जाने सन्तोष एकमात्र नेपाली हुन् ।

बिहिबारको फाइनल प्रतिस्पर्धामा सन्तोषले भैंसीको मासु, खोले साग, भेडाको गिदीलगायतका नेपाली परिकारलाई चरेसको थालमा पस्किएका थिए । यसका साथै नेवारी समुदायमा सगुनका रुपमा प्रचलित ‘ऐला’ पनि सर्भ गरेका थिए ।

इण्डियन कुइजिनबाट वर्षौंदेखि सँगालेको अनुभवका आधारमा नेपाली कुइजिनबाट ‘मिसिलिन स्टार’ प्राप्त गर्ने पहिलो नेपाली सेफ बन्ने सपना बोकेको सन्तोषले बताए ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...