अब्बास मियाँ संघीय मञ्चको केन्द्रीय सदस्यमा मनोनित

 लिम्बुवान न्युज
                       

सुनसरी। सुनसरी भोक्राहा गाउँपालिकाका समाजसेवी मुस्लिम नेता अब्बास मियालाई संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले केन्द्रीय सदस्यमा मनोनित गरेको छ । आज सुनसरीको भरौल नडाहामा मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल सुनसरी जिल्ला समितिले भेटघाट तथा अन्तरक्रिया कार्यक्रम शुरु गरेको घोषणा कार्यक्रमका प्रमुख अतिथि संघीय अध्यक्ष कुमार लिङ्देन मिराकले मञ्चको परिचयपत्र हस्तान्तरण गरेसँगै मियाँलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको हो ।

लामो समय देखि पहिचान, संघीयता र मुश्लिम समुदायको हकअधिकारको निमित्त निरन्तर लढिरहेका मियाँको लिम्बुवान राजनीति प्रतिको इमानदारी र बफादारीतालाई मूल्याङ्कन गर्दै केन्द्रीय सदस्यमा मनोनित गरिएको मञ्चका सुनसरी जिल्ला अध्यक्ष अमर इजमले बताए ।

सोही भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकले उद्घाटन गर्दै वर्तमान राजनीतिमा भईरहेको क्षणक्षणको परिवर्तनले संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा परेको बताउँदै सरकारले राजनैतिक दल सम्बन्धी अध्यायदेश ल्याउने तयारीसँगै देशमा ठूलो राजनीति परिवर्तन हुने संकेत सँगै देश खतरामा परेको बताएका छन् । ‘सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशलाई वर्वादीतिर धकेली रहेको हुँदा अब जनता चुप लागेर बस्न नहुने’ –उनले भनेका छन् ।

कार्यक्रममा मञ्चमा उपाध्यक्ष अम्बर बहादुर लिम्बु, सचिवहरु राजु राई, सुनसरी इन्चार्ज एवं सचिव भुपेन्द्रसुन्दर लावती, पूर्णकला तेयुङ्, यूके प्रवास प्रवक्ता नवराज काम्बाङ्, जिल्ला अध्यक्ष अमर इजम लगायतका नेताहरुको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...