गायक कुशल थलङकाे हाक्पारे ख्याली सार्वजनिक (भिडियो सहित)

 लिम्बुवान न्युज
                       

काठमाडौं। सांगीतिक आकाशमा उदाएका गायक कुशल थलङको नयाँ गीत “हाक्पारे ख्याली” सार्वजनिक भएको छ । लिम्बू संस्कृतिमा आधारित रहेको लिम्बू गीतको भिडियो गायक कुशलको आफ्नै यूटुव च्यानलबाट सार्वजनिक भएको उक्त गीत मदन चोङबाङको शब्द र संगीतमा तयार भएको हो ।

‘हाक्पारे ख्याली, च्याब्रुङको धुन, गम्कन्छ गाउँघरमा, असाध्यै राम्रो सोल्टिनी देखेँ, सिरिजङ्गा गाउँमा’ भाव आउने गीतको भाषा सुपरिवेक्षण यासेली योङहाङले गरेका हुन् । भिडियोमा गाउँघरको विम्ब उतारिएको छ भने बिउभाले पालेर आफ्नो खाजाखाने मेलोको प्रसँग गज्जबले प्रस्तुति गरिएको छ ।

भिडियोमा कुशल थलङ स्वयमको अभिनय देख्न सकिन्छ साथमा विष्णु मोक्तान, सोनम थोक्लिहाङ लिम्बू र निश्चल कुलुङले अभिनय गरेका छन् ।

टेकेन्द्र यक्सोको एरेन्ज रहेको गीतको मिक्सिङ तथा मास्टरिङ दीप घतानीले गरेका छन् । त्यसैगरी उक्त गीतलाई भ्वाइस अफ डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

पूर्व कै चर्चित छायाँकार एवं कोरियोग्राफर भुपेन्द्र तुम्बाहाम्फेलाई आफ्नै गाउँघर मोरङ्को मिक्लाजुङ्का विभिन्न दृश्यहरुलाई कलात्मक शैलीमा छायाँकन गरी भिडियोलाई हेरौ हेरौं लाग्ने बनाएका छन् । त्यसैगरी भिडियोलाई चर्चित कोरियोग्राफर दिनेश माङ्मूले निर्देशन गरेका छन् । सोम मगरातीको श्रृङ्गार, अनिल रानाको सम्पादन, साथै तेज मेन्याङ्बो र शैलेन्द्र नाल्बोको भिडियो निर्माण गरेका हुन् ।

(भिडियो तल हेर्नुहोस्)

सम्बन्धित समाचार

मुक्कुमलुङ संरक्षणको लागि आन्दोलन घोषणा

ललितपुर, २१ पुष । ताप्लेजुङस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल मुक्कुमलुङ संरक्षणका लागि पुनः आन्दोलन घोषणा गरिएको छ । विगत ६ बर्षदेखि आन्दोलनरत संघ संगठनहरुले पुनः संरक्षणको लागि आन्दोलन घोषणा गरेका हुन् । लामो समयदेखि...

रोटरी क्लब अफले चुम्याे ‘दमक फुटसल प्रतियोगिता २०८२’ को उपाधि 

झापाको दमकमा सम्पन्न मैत्रीपूर्ण फुटसल प्रतियोगिता २०८२ को उपाधि रोटरी क्लब अफ दमकले जितेको छ । पत्रकार मञ्च दमकको आयोजनामा पुष २१ गते आयोजित एक दिने प्रतियोगिताको फाइनल खेलमा कदम थिएटर दमकलाई ७–१ गोल अन्तरले हराउदै रोटरी च्याम्पियन बनेको हो । विजेता टिमले सेमिफाइनल खेलमा दमक नगर कर्मचारीलाई हराएको थियो भने कदमले आयोजक पत्रकार मञ्च दमक  (निलो) लाई हराउदै फाइनल प्रवेश गरेको थियो । यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलकिपर रोटरीका विसु राई चुनिदा, उत्कृष्ट खेलाडीको उपाधि कदमका दिपेश मगरले हात पारे । त्यस्तै प्रतियोगिता भरी ५ गोल गरेका रोटरीका सावन अधिकारीले हाइ स्कोररको पुरस्कार प्राप्त गरे । प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेताले नगद १० हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्रमा चित्त बुझाए । विजेता खेलाडीहरुलाई मञ्चका अध्यक्ष कमन देवान, औपचारिक कार्यक्रमका प्रमुख अतिथि दमक ९ का वडा अध्यक्ष  कुबेर भट्टराई, अतिथिहरु इलाका प्रहरी कार्यलय दमकका प्रहरी निरीक्षक नवीन राई, विधा लक्ष्मी स्कुल दमक ४ का  प्रधानाध्यापक भूपाल काफ्ले, दमकका युवा व्यवसायी रवि बस्नेत लगायतले पुरस्कार वितरण गरेका थिए । पत्रकार मञ्च दमकको आयोजनामा भएको प्रतियोगितामा दमक नगरपालिका, उधोग वाणिज्य संघ दमक, रोटरी क्लब  अफ दमक, कदम थिएटर दमक, लायन्स क्लब अफ दमक, दमक जेसिस सहित राजनैतिक दलकाे सहभागिता रहेकाे थियाे ।  तस्वीरः सजन राई

जेनजी आन्दोलन घटना छानबिनका लागि ओलिलाई जाचबुझ आयोगले काट्यो पत्र

जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ। आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र पठाएको हो। आयोगले यसअघि...

उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठनः अध्यक्षमा प्रदिप मादेन

ललितपुर, १२ पौष । उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठन गरिएको छ । शनिबार पार्टीको केन्द्रीय सदस्य प्रा.डा.महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा फुङलिङमा आयोजित एक कार्यक्रमले प्रदिप मादेन ‘नानी’को अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति...