दमकको पृथ्वी माविमा लिम्बु भाषा शिक्षक छनौट

 लिम्बुवान न्युज
                       

दमक। झापा दमकको पृथ्वी माविमा लिम्बु भाषा शिक्षक प्रतिस्पर्धाबाट छनौट गरिएको छ । नगरपालिका वडा नंं. ७ मा रहेको पृथ्वी माविमा लिम्बु भाषा शिक्षक नगरपालिकाले करारमा नियूक्त गर्ने निर्णय गरेसँगै शिक्षक छनौट गरिएको हो ।

पृथ्बी मा.बि.दमक ७ मा लिम्बु भाषाको माध्यमबाट आधारभुत तह कक्षा १ देखि ५ सम्मको शिक्षण शिकाईको लागि संचालित शिक्षक छनौट परीक्षामा दिपेन्द्र सेलिड छनौट भएका छन् ।

भाषा शिक्षकको लागि ४ जना शिक्षकले प्रतिष्पर्धा गरेका थिए । वैकल्पिक शिक्षकको रुपमा खेसे खजुम राई छानिएका छन् । छनौट परीक्षा लिम्बु भाषा बिज्ञहरु आदरणीय डकेन्न्द्र सिंह लिम्बु र दिलबिर शेर्माले लिनुभएको थियो भने अन्तरवार्ता विद्यालय व्यवस्थापन समिति अध्यक्ष भिम पौडेल, प्रधानाध्यापक विष्णु कुमार राइ, दमक नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत सोमनाथ गुरागाई त्यसैगरी किरात याक्थुङ् चुम्लुङ् दमक नगरसमिति अध्यक्ष देवेन्द्र चेम्जोङ्ले लिनुभएको थियो ।
छनौट भएको शिक्षकलाई प्रावि तहको तलबभत्ता नगरपालिकाबाट दिईन शिक्षा शाखा अधिकृत गुरागाईले बताए ।

 

 

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...