सरकारको असंवैधानिक कदम प्रति लिम्बुवानको विरोध

 लिम्बुवान न्युज
                       

धरान। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्वुवान मञ्च, नेपाल सुनसरी जिल्ला समितिले केपी ओली सरकारले असंवैधानिक कदमबाट प्रतिनिधिसभा विघटन गरेकोमा विरोध गरेको छ ।

मञ्चले एकात्मकवादी नश्लिय दुई तिहाई कम्यूनिष्ट सरकारको आन्तरिक पार्टीको किचलो र सत्ता मोहको कारण प्रतिनिधिसभा विगठन भएको ठहर गर्दै धरानको भानुचोकमा कोणसभा गरि वर्तमान सरकारकाे विराेध गरेकाे हो ।

आगामी २०७८ साल बैसाख १७ र २७ गते गरी प्रतिनिधि सभाको निर्वाचन गर्ने गरी ल्याएको अध्यादेश आफैमा त्रुटिपूर्ण भएको लिम्बुवान नेताहरुको टिप्पणी रहेको छ । एक दशकमा गरिने जनगणना पनि यहि बर्ष गर्नु पर्ने, कोरोना संक्रमणले राष्ट्र थलिएको हुँदा यस्तो भयाभव अवस्थामा पार्टीको आन्तरिक किचलोलाई घर बाहिर निकाली जनताको दुई तिहाई बहुमतलाई कुल्चेर प्रधामन्त्री केपी ओलीको जंग बहादुर शैलीले मूलक द्वन्द्व तर्फ धकेलिएको नेताहरुले बताएका छन् । त्यसैगरी संसद विघटनको प्रस्तावलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेर संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा पारेको आरोप लगाएका छन् । साथै मुलुक दिनदिनै आर्थिक रुपमा टाट पल्टिरहेको अवस्थामा प्रत्येक नेपालीको टाउँकोमा सरकार ऋण थपिरहेको नेताहरुले आरोप लगाएका छन् ।

नेपाली जनताको लामो बलिदानीबाट देश संघीयता तर्फ उन्मुख भईरहेको बताउँदै लिम्बुवान नेताहरुले पहिचान, अस्तित्वलाई धरासय बनाई राज्यको ढिकुटी रित्तो बनाउने नेकपालाई एकदिन जनताको जनादेशले सराप्ने बताएका छन् । कोणसभामा मञ्चका केन्द्रीय सचिव तथा सुनसरी जिल्ला इन्चार्ज भुपेन्द्र सुन्दर लावती, संघीय दलित शिल्पी मञ्चका अध्यक्ष रमेश गजमेर, लिम्बुवानका केन्द्रीय सचिवालय सदस्य कुमार फेम्सोहाङ, विद्यार्थी नेता डिल्ली लुम्फुङ्वा, महिला नेत्री सरस्वति सुब्बाले मन्तव्य राखेका थिए ।

कार्यक्रम धरान उपमहानगरपालिकाका अध्यक्ष सञ्जुहाङ सावाको संयोजकत्वमा जिल्ला सचिव निर्मल राईले संचालन गरेका थिए । भानुचोकमा गरिएको विरोधसभामा लिम्बुवान भोलेन्टियर्सले टायर बालेर नालायक सरकारकाे विरोध गरेका थिए ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...