जसपाको ७७ वटै जिल्लामा सरकार विरुद्ध बिरोध प्रदर्शन

 लिम्बुवान न्युज
                       

झापा। देशकै तेस्रो ठूलो राजनीति शक्ति जनता समाजवादी पार्टी (जसपा)ले ७७ वटै जिल्लामा आज विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद विघटन गरेको विरोधमो प्रदर्शनसहित कोणसभा गरेको हो ।

प्रधानमन्त्रीले संसद विघटन गर्नु असंवैधानिक, अमर्यादित र अलोकतान्त्रिक भएको जसपाको ठहर रहेको छ । जसपाको मंगलबार बसेको केन्द्रीय कार्यकारिणी बैठकले संसद पुनःस्थापनाको समेत माग गरेको छ ।

जसपाले यसैगरी आगामी पुस १२ गतेसम्म विभिन्न चरणबद्ध कार्यक्रम गरी प्रधानमन्त्री ओलीको कदमविरूद्ध आन्दोलन जारी राख्ने बताएको छ ।

यसैबीच आज झापाको विर्तामोड मुक्तिचोक, भोजपुर,नेता राजेन्द्र श्रेष्ठको नेतृत्वमा काठमाडौं, जसपा संघीय परिषद अध्यक्ष बाबुरा भट्टराईको गृह जिल्ला गोरखा लगायत विभिन्न जिल्लाहरुमा पनि प्रदर्शन भएको वताइएको छ ।

जसपाले पहिचानवादी दलहरुसँग मोर्चावन्दी र एकताको समेत आव्हान गर्दै आइरहेको छ भने ठूला दल नेपाली कांग्रेस र प्रचण्ड–माधव समूहको नेकपासँग पनि सहकार्य गर्दै प्रधानमन्त्रीको कदम विरुद्ध संघर्षको कार्यक्रमहरु पनि गर्ने जनाएको छ ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ् मोरङ अध्यक्षमा डिल्ली लिङदम निर्वाचित

दमक, २१ माघ । किरात याक्थुङ चुम्लुङ् मोरङ जिल्लाको नवौं अधिवेशन सम्पन्न भएको छ । सोमबार चुम्लुङका संघीय महासचिव निरन्ती तुम्बापोको प्रमुख आतिथ्यतामा सुन्दरहरैचास्थित चुम्लुङहिमको सभाहलमा सम्पन्न अधिवेशनले डिल्ली लिङदमको अध्यक्षतामा नयाँ समिति गठन गरिएको...

मुक्कुमलुङमा केवलकार निर्माण खारेजिको माग गर्दै फुङ्लिङमा जनप्रदर्शन र घाइतेहरुलाई सम्मान

ललितपुर, १६ माघ । लिम्बुहरुको मुन्धुमिस्थल मुक्जुमलुङमा बन्न लागेको पाथीभरा केबलकार निर्माण खारेजीको माग गर्दै शुक्रबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा प्रदर्शन गरिएको छ । केबलकार खारेजी संयुक्त संघर्ष समितिको नेतृत्वमा र्‍यालीसहित नगर परिक्रमा गरी तोक्मेडाँडामा कोणसभा गरिएको हो...

सातौं नेपाल सांस्कृतिक अन्तराष्ट्रिय चलचित्र महोत्सव हुँदै

ललितपुर, माघ १४ । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा ‘ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (NCIFF) को सातौँ संस्करण आयोजना हुने भएको छ । माघ १६ गतेदेखि १८ गतेसम्म चाबहिलको चलचित्र विकास बोर्ड, भृकुटीमण्डपस्थित...

मुक्कुमलुङमा नो केवलकार पक्षधरकाे नाैं जिल्लामा कोणसभा

  दमक, १२ माघ । ताप्लेजुङस्थित किरात याक्थुङ जातीहरुको मुन्धुमी स्थल मुक्कुमलुङ्मा निर्माणाधिन केवलकार विरुद्धको आन्दोलन पुनः शुरु भएको छ । सोमबार एकैदिने पूर्व लिम्बुवानको नौ वटै जिल्लाहरुको विभिन्न शहरहरुमा कोणसभा गर्दै मुक्कुमलुङ संरक्षण संयुक्त...