पुष १४ गते कुमार लिङ्देन ‘मिराक’ दमक आउँने

 लिम्बुवान न्युज
                       

दमक। विगत १५ बर्ष देखि निरन्तर पहिचान, संघीयता, सहअस्तित्व, समावेशीता र धर्मनिरपेक्षताको वकालत गर्दै आउनु भएका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ दमक आउने भएका छन् ।

संघीय लिम्बुवान मञ्च, नेपालको आयोजनामा पुष १४ गते दमक गणतन्त्र चौकमा हुन लागिरहेकाे लिम्बुवान आमसभालाई सम्बोधन गर्न आउने तय भएको कार्यक्रम संयोजक लिम्बुवान प्रान्तीय उपमहासचिव भानु भट्टराईले बताउनु भयो ।

प्रधानमन्त्रीकाे गृहनगरबाटै सरकारले असंवैधानिक, अलोकतान्त्रिक कदम चाल्दै प्रतिनिधिसभा विगठनकाे विराेध जनाउन कार्यक्रम गर्न लागिएकाे लिम्बुवान मञ्चले जनाएकाे छ । देशमा राजनीति उथलपुथल भएको अवस्थामा पूर्वमा निरन्तर आन्दोलित लिम्बुवानले देश जटिल परिस्थितिमा पुरयाउने यथास्थितिवादी, प्रतिगमनकारी शक्तिहरुले पहिचान सहितको संघीयता र संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नै धरासयमा पुराएकाे ठहर गर्दै आन्दाेलनकाे तयारी समेत थालिएकाे जनाएकाे छ ।

प्रदेश नं. १ मा १ सिट जित्न सफल संघीय मञ्च नेपालकै एकमात्र संघीय ढाँचाको नमुना संगठन हो । यो पार्टीको विधान मै १०+१ प्रान्तीय मञ्चको अवधारणा सहित प्रान्तीय पार्टीको रुपमा नै जान सक्ने गरीको पार्टीको संरचना स्पष्ट गरेको छ । मञ्च देश र माटो सुहाउँदो पार्टीको रुपमा विकास गरिएको मञ्चका बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङकाे तर्क छ । सरकारकाे गलत निर्यणले देश ठूलाे दुर्घटनामा पर्न सक्ने भन्दै मञ्चले सबै जनता सचेत हुनु पर्ने आग्रह गरेकाे छ ।

 

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...