लेटाङ् जाँतेमा लिम्बुवानको अन्तरक्रिया सम्पन्न, शिवसताक्षीमा टाेल समिति गठन

 लिम्बुवान न्युज
                       

मोरङ्। मोरङको लेटाङ् ९ को जाँतेमा संघीय लिम्बुवान मञ्च, नेपालको अन्तरक्रिया कार्यक्रम भएको छ । मञ्चका केन्द्रीय उपाध्यक्ष विशेन्द्र चेम्जोङ्को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि विशेन्द्र चेम्जोङ्ले देशमा राजनीतिक संकट उत्पन्न भएको हुँदा यतिबेला साना पहिचानवादी दलहरुमाथि आक्रमण हुने बताएका छन् । उनले भने– पहिचान, संघीयता र लोकतान्त्रिक गणतन्त्रलाई तुहाउन विरोधी तत्वहरु सलबलाउन थालेका छन् । आम लिम्बुवान कार्यकर्ता सचेत रहनुहोला । यतिबेला नेकपा दुईटुक्रा भएको हुँदा कुनै पनि पक्षले लिम्बुवानलाई आक्रमण गर्न सक्छन्, त्यसैगरी देशकै पुरानो पार्टी नेपाली कांग्रेस जस्तो न पहिचान पक्षधर हुन न त संघीयता पक्षधर नै हुन् । त्यस्तो पार्टीहरुले संघीतालाई संस्थागत गर्नु त कता हो कता कम्तिमा बनिसकेको संरचना नै ध्वस्त पार्ने भएको हुँदा ति ठूला भनाउँदा दलहरुको झोला बोकेर राजनीति परिवर्तन हुँदैन– उपाध्यक्ष चेम्जोङ्ले बताउनु भयो ।

कार्यक्रममा मञ्चका उपमहासचिव तथा संचार प्रमुख दिल कुमार लावती, मोरङ जिल्ला बरिष्ठ उपाध्यक्ष जीवन खेवा, उपाध्यक्ष भानु लिम्बु लगायत जिल्ला नेताहरु र लिम्बुवान भोलेन्टियर्स कमाण्डरहरुको समेत उपस्थिति रहेको थियो ।

त्यसैगरी संघीय लिम्बुवान मञ्च, नेपाल शिवसताक्षी १ को बिहानी टोलमा लक्ष्मण चबेगु लिम्बुको अध्यक्षतामा १९ सदस्यीय समिति गठन भएको छ । मञ्चका केन्द्रीय उपाध्यक्ष ज्ञानुहाङ् इम्बुङकाे प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको छ । झापामा मञ्चले तिव्र गतिमा संगठन निर्माण र प्रशिक्षणकाे तयारी गरिरहेकाे स्राेतबाट सूचना प्राप्त भएकाे छ ।

कार्यक्रम आज साँझ भएको लिम्बुवान भोलेन्टियर्स सिनियर उपकमाण्डर सुमन सम्बाहाम्फे बताए ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...