जसपाको उपत्यकामा बिरोध पर्दशन

 लिम्बुवान न्युज
                       

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीकोे विरुद्धमा जनता समाजवादी पार्टी (जसपा) नेपालले विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्रीले गर्नुभएको प्रतिनिधि सभा विघटन असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगमनकारी र जनताको भावना विपरित भएको भन्दै आज आईतबार जसपाले काठमाडौँमा विरोध प्रदर्शन गरेको हो ।

जसपाको विरोध प्रदर्शन रत्नपार्कको शान्तिवाटिकाबाट र्याली सुरु गरेर पुतलीसडक हुदैं बिरोध प्रदर्शन गर्दै पुन शान्तिबाटिकामा पुगेर कोण सभामा भएको छ । कोणसभालाई जसपाका नेताहरु अध्यक्ष महन्थ ठाकुर, संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई, बरिष्ठ नेता अशोक राई लगायतले सम्बोधन गर्दै ओली सरकारले जनतामाथि नांङ्गो नाँच देखाएर संसद विघटन जस्तो असंवैधानिक कदम उठाएकोमा घोर आपत्ति जनाएका छन् ।

नेताहरुले जसपा अब आन्दोलनमा उत्रिसकेको बताएका छन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीबाट गत पुष ५ गते प्रतिनिधि सभा विघटन भएको थियो ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...