सर्वदलीय संयन्त्र नबनाई क्लिन पार्क बने चीनको लगानी खेर जाने लिम्बुवानको चेतावनी

 लिम्बुवान न्युज
                       

दमक। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्च, नेपालले आज दमकमा विरोध पर्दशन वरेको छ । वर्तमान नेकपाको केपी ओली नेतृत्वको सरकारका अराजनीतिक गतिबिधिहरुको विरुद्ध भण्डाफोर गर्दै विरोध सभाको मञ्चले आयोजना गरेको हो ।

विभिन्न नारा लेखिएको प्ले कार्ड सहित दमकको गणतन्त्र चोकदेखि उत्तर दमक जेसीस चोक पूर्व इलाका प्रहरी कार्यालय दमक हुँदै नमुना मार्गबाट पूर्व मोडिएर दक्षिण सुर्तीलाईन हुँदै रिङ्रोडबाट पुन इप्रकाबाट दक्षिण गणतन्त्र चोकमा पुगेर आमसभामा कार्यक्रम परिणत भएको थियो ।

कार्यक्रमलाई मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देनले सम्बोधन गरेका थिए । उनले दमकमा बन्न लागेको क्लिन पार्कलाई लक्षित गर्दै लिम्बुवान विकास विरोधी नभएको बताउँनु हुँदै पार्क क्षेत्रमा पर्ने जग्गा गरिब दुःखीबाट थाहै नदिई सस्सोमा नेकपाका नेताहरुले विघौं किनेर महंगो मुल्यमा सरकारलाई बेच्ने षडयन्त्रको भण्डारफोर गर्ने बताएका छन् । उनले भने– ४०औं विघा जग्गा संस्तो मुल्यमा किनेर जनतालाई भूमिहिन र सुकुम्बासी बनाउने कदमको लिम्बुवानले विरोध गर्नेछ । त्यहाँका जग्गा धनीलाई उचित मुअब्जा दिन सरकारलाई आग्रह गर्दै लिङ्देनले भने यदि त्यसो नगरिए ढुंगाले हान्ने चेतावनी दिएका छन् । पार्क बन्नु पर्छ तर सो पार्क निर्माणमा सबै दललाई समेटेर सर्वदलिय समिति बन्नु पर्छ । सबै राजनीतिक दललाई समेटेर लानु पर्छ अनि पो विकास हुन्छ । यदि हाम्रो माग सम्बोधन नभए चीनको लगानी खेर जाने चेतावनी समेत अध्यक्ष लिङ्देनले दिए ।

अध्यक्ष लिङ्देनले भनेका छन् बरु म मर्छु तर अर्बौमा विकेर लिम्बुवानको आन्दोलनलाई कहिल्यै धोका नदिने बताए । १५ बर्ष देखि निरन्तर मञ्चको पथमा हिढेकोछु अब जनतालाई कहिल्यै धोका दिन्न उने भनेका छन् । उनले अर्को प्रसङ्गमा भने कांग्रेस र नेकपा भनेको हावाले भरेको बेलुन हो त्यो कतिबेला फ्यास्स फुट्न सक्छ । तर मञ्च भनेको असली जनता हो । उनले अझ थपे कांग्रेस नेकपाले देश खोक्रो बनाई सकेको हुँदा युरोपियन युनियन, अमेरिका, चीन, भारत लगायतबाट आइरहेको लगानी खरानी भईरहको छ । यहाँको जनतासम्म आईपुग्दैन समिति व्यक्तिको हातमा मात्र त्यो पैसा जान्छ । उनले आग्रह गरे तपाईहरुको पैसा खरानी हुँदैछ, जहाँ पुग्नु पर्ने हो त्यहाँ नपुग्ने भएकोले भ्रष्टचार दिनानुदिन मौलाएको वताए । त्यसैगरी अध्यक्ष लिङ्देनले यतिवेला एकात्मकवादीहरु दिउँसो दिउँसो कम्यूनिष्ट र कांग्रेस हुने रातारात राजावादी हुने द्वेव चरित्र भएको मान्छेसँग होशियार रहन आग्रह गरेका छन् । अध्यक्ष लिङ्देनले थप जोड्दै –दलितहरु माथि अन्याय अत्याचार भईरहेको छ मञ्चले सम्पूर्ण दलितहरुको मुक्तिको लागि वलिदानी दिने वादा गरेका छन् ।

झापाका ग्रामिण क्षेत्रसहित छिमेकी जिल्ला मोरङ, इलाम र सुनसरीबाट समेतबाट सयौंको संख्यामा कार्यकर्ताहरु उतारेर सो पार्टीले लामो समयपछि दमकमा सरकारले चालेको असंबैधानिक, अराजनैतिक, प्रतिगमनकारी, पहिचानविरोधी, गणतन्त्र विरोधी कदमको विरुद्ध प्रदर्शन गरिएको सो पार्टीले जनाएको छ ।

विरोधसभामा दमकको दक्षिण भेग त्यसैगरी कमल गाउँपालिका र गौरदह नगरपालिकासँग जोडिएको क्षेत्रमा चिनियाँ लगानीमा बन्ने भनिएको औद्योगिक पार्क निर्माणका निहुँमा बर्षौंदेखि त्यस भेगमा बसोबास गर्ने आदिवासी, भुमीहिन सुकुम्बासीहरुलाई विस्थापित गर्न लागिएको भन्दै सो परियोजनाको समेत विरोध गरेको छ ।

सभालाई मञ्चका केन्द्रीय उपाध्यक्ष ज्ञानुहाङ इम्बुङ्, महासचिव संगम खनाल, उपमहासचिव भानु भट्टराई, ईन्दीरा मेन्याङ्बो, केन्द्रीय सचिव राजु राई, दलित नेता बलराम सदा, विद्यार्थी नेता सजन याक्खा लगायतका पहिचानवादी वक्ताहरुले सम्बोधन गर्दै वर्तमान ओली नेतृत्वको सरकार अहिले सम्मका राजनीतिक उपलब्धीहरुलाई समेत गुमाएर निरंकुशता लाद्ने शैलीमा अघि बढेको उल्लेख गरेका छन् । त्यस्तो गलत रवैयाका विरुद्ध सडकबाटै आन्दोलनलाई शसक्त बनाएर सरकारलाई घुँडा टेकाउने उदघोष गरेका छन् ।

वक्ताहरुले नेकपा सरकारको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदमको विरोध गर्दै संघीयताको मर्म विपरित भौगोलिक विविधता र प्राकृतिक विवधतामा आदिवासी जनजातिले संरक्षण गर्दै आएको प्राकृतिक सुन्दरतालाई दोहन गर्दै संघीय विरोधी गतिविधि गरेमा जस्तो सुकै प्रतिकार मा पनि उत्रिन सक्ने चेतावनी दिएका छन् ।

कार्यक्रम मञ्चका केन्द्रीय सचिव तथा कार्यक्रम व्यवस्थापन संयोजक धनराज सुब्बाको सभाध्यक्षता साथै केन्द्रीय सचिव विष्णु माया थापाको संचालनमा भएको थियो ।

सम्बन्धित समाचार

मुक्कुमलुङ संरक्षणको लागि आन्दोलन घोषणा

ललितपुर, २१ पुष । ताप्लेजुङस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल मुक्कुमलुङ संरक्षणका लागि पुनः आन्दोलन घोषणा गरिएको छ । विगत ६ बर्षदेखि आन्दोलनरत संघ संगठनहरुले पुनः संरक्षणको लागि आन्दोलन घोषणा गरेका हुन् । लामो समयदेखि...

रोटरी क्लब अफले चुम्याे ‘दमक फुटसल प्रतियोगिता २०८२’ को उपाधि 

झापाको दमकमा सम्पन्न मैत्रीपूर्ण फुटसल प्रतियोगिता २०८२ को उपाधि रोटरी क्लब अफ दमकले जितेको छ । पत्रकार मञ्च दमकको आयोजनामा पुष २१ गते आयोजित एक दिने प्रतियोगिताको फाइनल खेलमा कदम थिएटर दमकलाई ७–१ गोल अन्तरले हराउदै रोटरी च्याम्पियन बनेको हो । विजेता टिमले सेमिफाइनल खेलमा दमक नगर कर्मचारीलाई हराएको थियो भने कदमले आयोजक पत्रकार मञ्च दमक  (निलो) लाई हराउदै फाइनल प्रवेश गरेको थियो । यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलकिपर रोटरीका विसु राई चुनिदा, उत्कृष्ट खेलाडीको उपाधि कदमका दिपेश मगरले हात पारे । त्यस्तै प्रतियोगिता भरी ५ गोल गरेका रोटरीका सावन अधिकारीले हाइ स्कोररको पुरस्कार प्राप्त गरे । प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेताले नगद १० हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्रमा चित्त बुझाए । विजेता खेलाडीहरुलाई मञ्चका अध्यक्ष कमन देवान, औपचारिक कार्यक्रमका प्रमुख अतिथि दमक ९ का वडा अध्यक्ष  कुबेर भट्टराई, अतिथिहरु इलाका प्रहरी कार्यलय दमकका प्रहरी निरीक्षक नवीन राई, विधा लक्ष्मी स्कुल दमक ४ का  प्रधानाध्यापक भूपाल काफ्ले, दमकका युवा व्यवसायी रवि बस्नेत लगायतले पुरस्कार वितरण गरेका थिए । पत्रकार मञ्च दमकको आयोजनामा भएको प्रतियोगितामा दमक नगरपालिका, उधोग वाणिज्य संघ दमक, रोटरी क्लब  अफ दमक, कदम थिएटर दमक, लायन्स क्लब अफ दमक, दमक जेसिस सहित राजनैतिक दलकाे सहभागिता रहेकाे थियाे ।  तस्वीरः सजन राई

जेनजी आन्दोलन घटना छानबिनका लागि ओलिलाई जाचबुझ आयोगले काट्यो पत्र

जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ। आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र पठाएको हो। आयोगले यसअघि...

उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठनः अध्यक्षमा प्रदिप मादेन

ललितपुर, १२ पौष । उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठन गरिएको छ । शनिबार पार्टीको केन्द्रीय सदस्य प्रा.डा.महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा फुङलिङमा आयोजित एक कार्यक्रमले प्रदिप मादेन ‘नानी’को अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति...