
लिम्बुवानखबर, १९ मंसिर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति धनकुटाको तेस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार धनकुटामा बजारस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रमले कविर चेम्जोङको अध्यक्षतामा २७ सदस्यीय कार्य समिति बनेको हो ।
मञ्चका प्रान्तीय महासचिव अशोक चेम्जोङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमले चेम्जोङको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षहरुमा सकुन्तला लिम्बु र डिल्ली वनेम चयन भएका छन् भने सचिवमा राजेश इवा, सह–सचिवमा पदम आङलाबाङ र अर्थसचिवमा शान्ती चेम्जोङ् रहेका छन् ।

यसरी नै जिल्ला सदस्यहरुमा महाविर लिम्बू, उमानाथ अधिकारी, प्रदिप आङवुहाङ, सुनिता दर्जि, मान बहादुर लावती, गिता इवा लिम्बू, अमृत खजुम, ललित चेम्जोङ, दौलाथमान मंयाक लिम्वु, भक्त मादेन लिम्बू, दिल कुमार तुम्वापो, तुलसी इवा, सम्पुर्ण तुम्वापो, आइत सोदेम्वा, सोम माया लिम्बू, पुर्ण बहादुर इवा लिम्बू, आराम कुमार लिम्बू, नगेन्द्र चेम्जोङ, अनिता लिम्बू, जय राज मादेन, गोकुल मादेन र दिल प्रसाद रहेका छन् ।

उक्त कार्यक्रममा प्रान्तीय सचिवालय सदस्य सजन याक्खा, प्रान्तीय सदस्यहरु कमल सिं तिगेला, गंगाहाङ तिगेला, गुरु प्रसाद लिम्बू यसरीनै लिम्बुवान प्रान्तिय मजदुर मञ्चको अध्यक्ष दल प्रकाश लावती र लिम्वुवान भोलेन्टियर्सको केन्दीय सिनीयर उपकमाण्डर भुपाल चेम्जोङ, विजय प्रकाश चेम्जोङ लगायत नेताहरुको उपस्थिति रहेको थियो ।
कविर चेम्जोङको सभाध्यक्षतामा रहेको कार्यक्रममा स्वागत मन्तव्य गुरु प्रसाद लिम्बुले राखेका थिए भने कार्यक्रमको संचालन कमल सिं तिगेलाले गरेका थिए ।