झापा गोल्डकप फागुनमा हुने

 लिम्बुवान न्युज
                       

बिर्तामोड, २० मंसिर । मोफसलकै प्रतिष्ठित झापा गोल्डकपको पाँचौँ संस्करण यही फागुन अन्तिम साता हुने बताइएको छ । यसका लागि आयोजक झापा गोल्डकपले तयारी सुरु गरेको जनाएको छ ।

आज (सोमबार) गोल्डकप समितिको बिर्तामोडमा सम्पन्न बैठकले चौथो गोल्डकप भएको दुई वर्षपछि पाँचौँ संस्करणको झापा गोल्डकप आयोजना गर्ने निर्णय गरेको हो । कोभिडका कारण २०७६ र २०७७ सालमा प्रतियोगिता हन सकेको थिएन ।

काठमाडौँबाहिर सबैभन्दा बढी फुटबलको गतिविधि हुने जिल्लाको रुपमा रहेको झापा जिल्लालाई फुटबल हबको रुपमा विकसित गराउने उद्देश्यकासाथ झापा गोल्डकप हुँदै आएको छ ।

बैठकले यही फागुन २१ गतेदेखि ३० गतेसम्म प्रतियोगिता गर्ने प्रस्ताव गरे पनि अखिल नेपाल फुटबल संघ एन्फा सँगको परामर्शमा मिति टुंग्याइनेछ । यसका लागि गोल्डकपका परिकल्पनाकार जलकुमार गुरुङलाई सम्पूर्ण जिम्मा दिइएको छ ।

गोल्डकपको विजेता टिमले नगद १२ लाख ५५ हजार र उपविजेताले नगद ६ लाख पाँच हजार रुपैयाँ पाउने यसअघिकै राशिलाई निरन्तरता दिइने भएको छ ।

प्रतियोगितामा आयोजक झापा ११ फुटबल क्लब, नेपालका र विदेशीसहित १० वटा टिमको सहभागिता रहनेछ ।

बैठक गोल्डकपका अध्यक्ष विनोद बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रतियोगिता झापा बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा हुनेछ ।

सम्बन्धित समाचार

माघ २५ देखि ‘पवित्रहाङमा कप’ हुने

दमक, ११ माघ । किरात धर्म गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्यूको ७०औं जन्मोत्सवको अवसरमा आयोजित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता ‘१६औं पवित्रहाङमा गोल्ड कप २०८२’ आउदो माघ २५ गतेदेखि फागुन ३ गतेसम्म संचालन हुने भएको...

धरानमा लिम्बुवान भोलेन्टियर्स गठन

दमक, धरानमा लिम्बुवान भोलेन्टियर्स कमान्ड गठन साथै जेनजी युवा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको छ । भोलेन्टियर्सका केन्द्रीय प्रवक्ता गणेश मिभक केसाङको उपस्थितिमा सोमबार कार्यक्रम भएको हो । धरानका विभिन्न वडाहरुबाट विभिन्न पार्टीहरु परित्याग गर्दै...

उज्यालो नेपाल पार्टीका समानुपातिक उमेद्वार सहित तीन नेताले गरे पार्टी परित्याग

दमक, ७ माघ । कुलमान घिसिंङ नेतृत्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् । यसरी राजिनामा दिनेहरुमा पहिचानवादी नेताको छवि बनाएका नेता डकेन्द्रसिंह थेगिम, संघीयवादी नेता ज्ञानबहादुर गुरुङ र...

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...