एल.भी. केन्द्रीय कमाण्डरमा पुनः लावती निर्वाचित

 लिम्बुवान न्युज
                       

मिक्लाजुङ, २३ मंसिर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल मातहतको लिम्बुवान भोलेन्टियर्सको तेस्रो भेलाले पुनः थाङसाङ लावतीलाई केन्द्रीय कमाण्डरको जिम्मेवारी दिएको छ ।

लिम्बुवान प्रान्तीय महासचिव समेत रहेका लावती दोस्रो कार्यकालको लागि पुनः कमाण्डर बनेका हुन् ।

मंगलबार मिक्लालुङ टाँडीमा भएको एलभीको तेस्रो राष्ट्रिय भेलाको राती अबेर शुरु भएको बन्दसत्रले लामो कसरत पछि भोलेन्टियर्स केन्द्रीय कमाण्ठ गठन भएको हो । भोलेन्टियर्सको पाँच सहकमाण्डरहरुमा प्रवक्ता काजीमान ओख्राबो, संगठन विभाग गणेश मिभक, प्रशिक्षण विभाग प्रमुखमा सन्तोष तुम्बापो, न्याय तथा समन्वय विभागमा अमन धिमाल र आर्थिक विभागमा प्रमुखमा भुपाल चेम्जोङ खाम्बेकलुङ सर्वसम्मतबाट चयन भएका छन् ।

यसरी नै केन्द्रीय सिनियर उपकमाण्डरहरुमा याम थेवे, हाईजन लिम्बु, एल.भी. लिम्बु, कैलाश गुरुङ, राम नेयोङ, मणि थेगीम, सुमन सम्बाहाम्फे, अदत लिम्बु, जितेन्द्र चेम्जोङ, विश्वु लिम्बु, विजय प्रसाद चेम्जोङ, रमेशमान तामाङ, मिहाङ सम्बाहाम्फे, हेम राई (मेहाङ), बसन्तराज योङहाङ, करण शेर्पा, विकास ठाडा मगर, विशाल लावती, पूर्ण कुरुम्बाङ, राजकुमार लिम्बु (वनेम) र डिल्लीश्वर लिम्बु चयन भएका छन् ।

यसरी नै केन्द्रीय उपकमाण्डरहरुमा एकराज खवास, कमल मुखिया, साजन लिम्बु जवेगु, शनिल लिम्बु, अमृत वि.क., साजन लिम्बु, बसन्त मेन्याङबो, विराज एक्तेन, जिवन लिम्बु चेम्जोङ, मनकुमार तुम्खेवा, गणेश मावो, दिपेन तुम्खेवा, प्रशान्त राई, सुजन कुरुम्फङ, आईन्द्र लिम्बु, राजकुमार लिम्बु –वनेम), राजु लिम्बु, पूर्ण बहादुर लिम्बु खेवा, प्रेम लिम्खिम, सन्दिप लिम्बु, साजन पयाङगु, सुरज सम्बाहाम्फे, कपिल लिम्बु, पूर्ण सुहाङ –मिङसो), संचराज माबो लिम्बु, राज कुमार चेम्जोङ, मण्डेम लिम्बु, नवराज राई रहेका छन् ।

लिम्बुवान भोलेन्टियर्सको सुप्रिम कमाण्डर संघीय अध्यक्ष कुमार लिङदेन मिराकले पार्टीको विधानको अनुसूची ५ अनुसार सफत गराउनु भएको उक्त कार्यक्रमबाट नौ जिल्ला लिम्बुवानमा कम्तिमा ३ हजार कार्यक्रम गर्न निर्देशन दिएका थिए ।

सम्बन्धित समाचार

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...

दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले...

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...