लिम्बुवान अध्यक्षमा लिङदेन, पदाधिकारीमा ३४ सदस्यीय चयन

 लिम्बुवान न्युज
                       

विजयपुर, धरान । संघीय लिम्बुवान मञ्च, नेपालको तेस्रो प्रान्तीय अधिवेशनले दोस्रो कार्यकालको लागि अध्यक्षमा पुनः कुमार लिङ्देन मिराकलाई सर्वसहमतिमा निर्वाचित गरेको छ । अधिवेशनले ३४ सदस्यीय पदाधिकारी चयन गरेको छ ।

गत मंसिर २४ र २५ गते सम्पन्न तेस्रो प्रान्तीय अधिवेशनले सर्वसहमतिमा नयाँ कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षहरुमा ज्ञान बहादुर लिम्बु, चन्द्र खापुङहाङ लिम्बु, अम्बर बहादुर पन्धाक, कृष्ण तुम्बाहाम्फे, आइदेव राई, थाङसाङ लावती, शान्ता योङहाङ, इन्द्रकुमारी लिम्बु –इन्दीरा), विष्णुमाया थापा भट्टराई चयन भएका छन् ।

त्यसैगरी महासचिवमा दिलकुमार लावती, भानु भट्टराई र लक्ष्मी मावो निर्वाचित भएका छन् । महासचिव लावतीले लिम्बुवानको प्रशासन विभाग चलाउने चर्चा चलेको छ । पार्टीको संचार विभागलाई कुसलतापूर्व संचालन गर्दै आएका लावती लिम्बुवानको युवाहरु नेताहरुमा चर्चित छन् ।

समितिका उपमहासचिवहरुमा दिपेन्द्र चेम्जोङ (लावाहाङ), मान बहादुर साँवा, गजेन्द्रमान चोङबाङक्याक, भुपेन्द्रसुन्दर लावती, धनराज सुब्बा, पूर्णकला तेयुङ, प्रेमकुमार लावती रहेका छन् । त्यसैगरी सचिवहरुमा शंकर लिम्बु खेवा, रामचन्द्र थापा मगर, राजु राई, भक्तबहादुर लिम्बु, भिम सुनुवार, मुक्साम लाबुङ, सुनिता केरुङ, मेलिना मादेन (रीता), दिलु लिङ्देन लावती, धनबहादुर पन्धाक, काजीमान ओख्राबो, सन्तोष तुम्बापो र मोहन मावो निर्वाचित भएका छन् ।

यसैगरी अधिवेशनले लिम्बुवान मञ्चको एकसय ५१ सदस्यीय कार्य समिति चयन गरेको छ भने पैतीस सदस्यीय पहिचान समिति गठन गरेको महासचिव लावतीले लिम्बुवान खबरलाई जनाएका छन् ।

सम्बन्धित समाचार

उज्यालोको आज घोषणा सभा: मन्त्री घिसिङले सम्बोधन गर्ने

दमक, १७ मङ्सिर । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा आज दिउँसो १ बजे हुँदैछ । काठमाडौ श्थित प्रज्ञा भवन कमलादीमा पार्टीले औपचारिक घोषणा सभा गर्न लागेको हो । घोषणा सभा...

कुलमान निकट उज्यालो नेपाल र खगेन्द्र सुनारको पार्टीले एकल चुनाव चिन्हमा लड्ने‍ घोषणा

काठमाडौं, १० मंसिर । कुलमान घिसिङको निकट दर्ता भएको "उज्यालो नेपाल पार्टी" र दलित अभियन्ता खगेन्द्र सुनारको अध्यक्षतामा दर्ता भएको "हाम्रो पार्टी नेपाल"बीच एकल चुनाव चिन्हमा सहकार्य हुने भएको छ। फागुन २१ गते तय भएको...

उज्यालो नेपाल पार्टी, नाउपा र हाम्रो पार्टी नेपाल एकता हुँदै

उज्यालो नेपाल पार्टीसहित नागरिक उन्मुक्ति पार्टी र हाम्रो पार्टी नेपाल एकताका लागि छलफलमा जुटेका छन्। आगामी फागुन २१ गतेको निर्वाचनका लागि एउटै चुनाव चिह्नमा चुनाव लड्ने । ललितपुर, ११ मङ्सिर । कुलमान घिसिङको साथ रहेको...

नवीन किराँती मितेरी पार्टी नेपालको अध्यक्षमा चयन: महासचिवमा तेन्धङ

ललितपुर, ६ मङ्सिर । मितेरी पार्टी नेपालको प्रथम केन्द्रिय सभा काठमाडौ तिनकुनेस्थित सिदार्थ कटेजमा सम्पन्न भएको छ । आइतबार सम्पन्न उक्त भेलाले नयाँ समिती पुर्नगठन गर्दै खडग बहादुर देवान (नवीन किराँति) लाई अध्यक्षमा चयन गरेको...