मोरङको मिक्लाजुङमा चासोक मनाइदै

 लिम्बुवान न्युज
                       

मिक्लाजुङ, ४ पुस । मोरङको मिक्लाजुङ ४ स्थित सिलामसाक्मा चौकमा लिम्बू समुदायको राष्ट्रिय पर्व यले तङबे ५०८१ चासोक तङ्नाम उधौली पर्व मनाउने भएका छन् । पुस ६ गते विविध कार्यक्रम तथा साँस्कृतिक कार्यक्रम सहित भव्य रुपले मनाइने आयोजक किरात याक्थुङ चुम्लुङ वडा समितिले जनाएको छ ।

कार्यक्रममा ख्यातिप्राप्त नेपाली राष्ट्रिय कलाकार दिपक लिम्बू, कुशल थलङ, सिद्धान्त खड्का, दिपना राई र अस्मिता साथै एलिस राईको सांगीतिक प्रस्तुती रहेन कार्यक्रमका संयोजक शुक्र थेगिमले बताए ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष एवम् प्रदेश न १ का सामाजिक बिकास राज्यमन्त्री माननीय श्री बिष्णु तुम्बाहाङफेज्युको प्रमुख आतिथ्यमा विभिन्न जातीय तथा धार्मिक संस्थाका ब्याक्तित्वहरुको बिशेष आतिथ्यता रहने कार्यक्रममा विभिन्न जातीय झाँकी तथा केलाङ प्रर्दशन हुने बताइएको छ ।

सम्बन्धित समाचार

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...

दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले...

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...