
तेह्रथुम, ६ पौष । नेपालको पूर्व क्षेत्रमा मूल थाकथलो भई संसारका विभिन्न क्षेत्रमा छरिएर बसोवास गरेका लिम्बू समुदायहरुले आफ्नो मौलिक चाड चासोक तङ्नाम् हरेक वर्षको मंसिरे पूर्णिमाको दिनदेखि ३÷४ दिनसम्म हर्सोल्लासका साथ मनाउने गर्दछन् ।
यसै अवसरमा तेह्रथुमको छथर, हमरजुङमा रहेको ऐतिहासिक हाङ्मालुङ्मा भव्य रुपमा चासोक तङ्नाम् मनाइएको हो ।
ऐतिहासिक हाङ्मालुङ् संरक्षण तथा व्यवस्थापन समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रम सांस्कृतिक प्रबर्द्धन र ऐतिहासिक हाङ्मालुङ्लाई सांस्कृतिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले यहि क्षेत्रमा आयोजना गरिएको संस्थाका अध्यक्ष योगेन्द्र साङ्वाले वताए ।
सांस्कृतिक पर्यटन विकासको लागि यस आर्थिक वर्षमा केही पूर्वाधारको काम गरिने र पाकेका अन्नबाली प्रकृतिलाई चढाएर मानिसले ग्रहण गर्ने यो प्रकृतिमैत्री चाडलाई आगामी वर्षदेखि नियमित रुपमा आयोजना गरिने समाजसेवी तथा संस्थाका सदस्य कुल बहादुर साङ्वाले बताए ।
कार्यक्रममा सामुहिक चासोक थिसोक अनुष्ठान गरी च्याब्रुङ नाँच, धान नाँच समेत प्रस्तुत गरिएको थियो ।