सविना र शैल लिम्बु ‘द भ्वाइस अफ नेपाल’को फाइनलमा प्रवेश

 लिम्बुवान न्युज
                       


काठमाडौं, २ पुष । सविना योङहाङ लिम्बु र शैल लिम्बु टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को चौंथो सिजनको फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार प्रसारण भएको सेमिफाइनलको पहिलो एपिसोडबाट उनीहरु अन्तिम चारमा प्रवेश गरेका हुन् ।

टिम राजेशपायल राईबाट सविना र टिम प्रविशा अधिकारीको समूहबाट शैल फाइनलमा सुरक्षित गरेका छन् । अन्तिम आठको प्रतिस्पर्धाबाट टिम राजेशका पदम राई र टिम प्रविशाका प्रिजोल नेपाली बाहिरिएका छन् । फाइनलमा पुग्नलाई दर्शकको भोटका आधारमा बढी मत ल्याउने फाइनलमा प्रवेश गरे भने कम मत ल्याउने बाहिरिएका हुन् ।

आज शनिबार साँझको सेमिफाइनल एपिसोडबाट थप दुईजना प्रतिस्पर्धी फाइनलमा प्रवेश गर्नेछन् । टिम प्रमोद खरेलबाट आशिष महर र योगेश मगर मध्ये एकजना तथा टिम राजु लामाबाट करण राई र रिहान गिरीमध्ये एकजना फाइनलमा प्रवेश गर्नेछन् ।

‘द भ्वाइस अफ नेपाल’ प्रत्येक शुक्रबार र शनिबार राती ८ बजे हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको छ ।

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...