फालेलुङमा संघर्ष समिति र पहिचानका लागी युवा गठन

 लिम्बुवान न्युज
                       

दमक, १९ मंसिर ।  पाँचथर जिल्लाको फालेलुङ गाउँपालिकामा प्रदेश नं.१ पुनः नामाङकन संयुक्त संघर्ष समिति र पहिचानका लागि युवा दस्ता गठन भएको छ।

पहिचानवादीहरुको भेलाले धन बहादुर केरुङको संयोजकत्वमा २१ सदस्यीय संयुक्त संघर्ष समिति र दिपक आङथुपोको संयोजकत्वमा २१ सदस्यीय पहिचानका लागि युवा दस्ता गठन भएको हो।

प्रदेशको नाम ‘कोशी’ खारेज गरी पहिचानकाे आधारमा पुनः नामाङकन गरिनुपर्ने माग सहित ०७९ फाल्गुन १८ गते देखि भइरहेको आन्दोलनलाई गाउँ–गाउँबाट समेत सशक्त बनाउन संघर्ष समिति र युवा दस्ता गठन गरिएको बताइएको छ।

प्रदेश नं.१ पुनः नामाङकन संयुक्त संघर्ष समिति फालेलुङका इन्चार्ज नुनाम लिम्बू केरुङको उपस्थितिमा छलफल, अन्तरक्रियासँगै संघर्ष समिति र युवा दस्ता गठन गरिएको युवा दस्ताका संयोजक आङथुपोले बताए ।

सम्बन्धित समाचार

धरानमा लिम्बुवान भोलेन्टियर्स गठन

दमक, धरानमा लिम्बुवान भोलेन्टियर्स कमान्ड गठन साथै जेनजी युवा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको छ । भोलेन्टियर्सका केन्द्रीय प्रवक्ता गणेश मिभक केसाङको उपस्थितिमा सोमबार कार्यक्रम भएको हो । धरानका विभिन्न वडाहरुबाट विभिन्न पार्टीहरु परित्याग गर्दै...

उज्यालो नेपाल पार्टीका समानुपातिक उमेद्वार सहित तीन नेताले गरे पार्टी परित्याग

दमक, ७ माघ । कुलमान घिसिंङ नेतृत्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् । यसरी राजिनामा दिनेहरुमा पहिचानवादी नेताको छवि बनाएका नेता डकेन्द्रसिंह थेगिम, संघीयवादी नेता ज्ञानबहादुर गुरुङ र...

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...