फाक्फोकथुममा मंसिर २५ र २६ गते चासोक तङ्नाम मेला लाग्दै

 लिम्बुवान न्युज
                       


दमक, १९ मंसिर । इलाम जिल्लाको फाक्फोकथुम ४ स्थित लिम्बु गाउँमा  चासोक तङ्नाम रमाईलो मेला लाग्ने भएको छ । बिगत १६ बर्ष देखि निरन्तर लागिरहेको मेला विगत बर्ष झैं मंसिर २५ र २६ गते दुई दिन लाग्ने मेलाका परिकल्पनाकार दिपक योङ्हाङ्ले बताएका छन् ।

खेलकुद, भाषा, कला, साहित्य र संस्कृतिको सम्बद्र्धन संरक्षण गर्ने उद्देश्यका साथ लाग्दै आएको उक्त मेलामा यो बर्ष पुरुष फुटबलका साथै महिला फूटलबल प्रतियोगिता समेत थप गरिएको वताइएको छ । केलाङ् प्रतियोगिता, पःलुङ् (छेलो) का साथै स्लो बाइक रेस समेतको आयोजना गरिने योङहाङ्ले जानकारी गराए ।

पुरुष फूटबलमा १६ टिम र महिला फूटबलमा ८ टिक सहभागी भएको समेत उनले बताए । पुरुष फूटबलको पुरस्कार राँशी प्रथम ५५ हजार पाँच सय ५५, दोस्रो २५ हजार पाँचसय ५५ त्यसैगरी महिलाको प्रथम २० हजार, दोस्रो हुनेलाई १० हजार साथै मेडल र प्रमाणपत्र दिने आयोजकले बताएको छ । यसरी नै केलाङलाई पहिलो हुने १० हजार र दोस्रो हुनेलाई ५ हजार पुरस्कार राखिएको छ भने स्लो बाइक रेस विजेतालाई ५ हजार र पःलुङ् छेलोलाई १ हजार पुरस्कार दिने आयोजकले जनाएको छ ।

महिला फूटबलको फाइनल खेल मंसिर २५ र पुरुष फूटबल लगायत अन्य खेलहरुको फाइनल २६ गते सम्पन्न गर्ने आयोजकले जनाएको छ ।

लिम्बू (याक्थुङ्) जातीहरुको महान चाड चासोक तङनामको अवसरमा लाग्ने उक्त मेलाको अन्तिम साँझ बृहत सांगीतिक, सांस्कृतिक कार्यक्रम समेत आयोजना हुने परिकल्पनाकार योङहाङ्ले लिम्बुवानखबरलाई बताएका छन् ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...