पूर्व मन्त्री गोपाली किराती सहित ४७ पहिचानवादी रिहाः पाण्डवलाल र महेश छुटेनन्

 लिम्बुवान न्युज
                       


दमक, १ पुष । प्रदेश १ को नाम ‘कोशी’ खारेज गरि पहिचानसहित पुनः नामाङकनको प्रस्तावसहित आन्दोलनको क्रममा पक्राउ परेका पूर्व मन्त्री गोपाल किराती लगायत ४७ जनालाई प्रहरीले आज साँझ रिहा गरेको छ ।
मध्ये पहाडी लोकमार्ग र दुई दिने प्रदेशब्यापी सडक बन्दको क्रममा बिभिन्न संगठनको नेता कार्यकर्ताहरु पक्राउ परेका थिए । पक्राउ परेका नेताहरु बिना सर्त रिहाइ नभए संयुक्त संघर्ष समितिले प्रदेशव्यापी आम हड्तातको कार्यक्रम ल्याउने चेतावनी दिदै आएका थिए ।
खोटाङ, भोजपुर, संखुवासभा, धनकुटा, तेह्रथुम, सुनसरी, झापा, इलाम, ताप्लेजुङ, पाँचथर लगायतका जिल्लाहरुबाट पहिचानवादी नेताहरुलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये ४७ जनालाई प्रहरीले निसर्त रिहाइ गरेको छ । रिहाइ भएको अधिकांश जिल्लामा प्रहरी दमन मुर्दावाद, पहिचानको आन्दोलन जारी छ लगायतको नारा जुलुस र पहिचानवादी नेताहरुलाई स्वागत भएको छ । मध्ये पहाडी लोकमार्ग बन्द र यहाँ भएको क्रियाकलापले पहिचानको आन्दोलनलाई थप उचाईमा पु¥याएको र उत्साह थपिएको संयुक्त संघर्ष समितिको नेतृत्व गरिरहेका पहिचानको आधारमा प्रदेश नं. १ को पुनः नामाङ्कन अभियान समितिको अध्यक्ष डकेन्द्रसिंह थेगिमले बताएका छन् ।
संयुक्त संघर्ष समितिको झापा जिल्ला अध्यक्ष पाण्डवलाल चौधरी र केपी ओलीलाई मुक्का हान्ने महेश राईलाई भने रिहा गरेका छैनन् । यी दुवै जनाको बिनासर्त रिहाइ नभए अव आन्दोलन केही दिन धनकुटा र झापा केन्द्रीत हुनेसमेत संघर्ष समितिले जनाएको छ ।
बन्धी बनाएर रिहा भएका नेताहरु ः–

खोटाङबाट ः–२०८० मंसीर २६ गते (१) पूर्ब संस्कृति मन्त्री गोपाल किराती, (२) जसपा नेता, राजेस राई, (३) गन्धमान राई, (४) विजय राई, (५) उदिम राई (पुष १ गते साँझ रिहा)
भोजपुरबाट ः–२०८० मंसीर २६ गते (६) बिदुर राई (किराया भोजपुर जिल्ला अध्यक्ष) (७) मीना राई (जसपा प्रदेस सदस्य), (८) दिनेस राई (जसपा जि.सदस्य÷युवा इन्चार्ज), (९) पनन राई (पुष १ गते साँझ रिहा)
उदयपुरको घुर्मीबाटः–२०८० मंसीर २६ गते (१०) निशान राई, (११) बिजय थापा, (१२) शंखर खत्री (पुष १ गते साँझ रिहा)
झापाको बिर्तामोडबाटः–२०८० मंसीर २६ गते (१४) पाण्डव चौधरी (संयुक्त संघर्ष समिति झापा जिल्ला संयोजक) रिहा हुन बाँकी
लेगुवाघाटबाट ः–२०८० मंसीर २७ गते (१५) उद्दवमणि राई (किराया धनुकटा अध्यक्ष, (१६) कमल तिगेला (कियाचु धनकुटा अध्यक्ष), (१७) बिरेन्द्र खारा राई (संखुवासभा संयुक्त संघर्ष समिति अध्यक्ष) (१८) उमा चाम्लिङ राई (किराया संखुवासभा सचिब) (१९) जितेन्द्र माङपाङ राई (किराया पाख्रिबास अध्यक्ष) (पुष १ गते साँझ रिहा), महेश राई रिहा हुन बाँकी
भोजपुरबाट ः– २०८० मंसीर २८ गते, केपी ओलीलाई सदरमुकाममा कालो झण्डा प्रदेश गर्ने क्रममा (२०) मन्जु राई, (जसाप जिल्ला उपाध्यक्ष), (२१) दिनेश राई (किरात फोर्स भोजपुर संयोजक), (२२) मणि राई (जिल्ला सदस्य), (२३) धिरज राई (जिल्ला सदस्य), (२४) धिरेन खिम्बुले राई (समाजवादी विद्यार्थी युनियनका जिल्ला अध्यक्ष), (२५) तायाबुङ राई (समाजवादी विद्यार्थी युनियनका जिल्ला सचिव) (पुष १ गते साँझ रिहा)
सुनसरी धरानबाटः–२०८० मंसीर ३० गते (१) सुमन चेम्जोङ, (२) करुण राई, (३) शिवाहाङ राई (सिताराम ), (४), हरि राई, (५) शम्भु राई ‘पृथक (सोही दिन साँझ रिहा)
झापा–इलाम सिमाना केर्खाबाट ः–२०८० मंसिर ३० गते (१) ध्रुब लावती (पूर्ण)–इलाम चुलाचुली १ बाट निर्वाचित वडाध्यक्ष, (२) नरेन्द्र लेक्वा लिम्बु (सोही साँझ रिहा)
सुनसरी धरानबाटः–२०८० पुस १ गते १५) सागर धामी, चन्द्रमाया लिम्बु, पदम तमाङ, महेन्द्र गुरुङ, रमेश राई, अमित राई, विष्णु तिगेला, विश सुब्बा इस्बो र टिएन सुब्बा (सोही साँझ रिहा)
सुनसरी इटहरीबाट ः–२०८० पुस १ गते— ताराबिर राई, आइत लिबाङ लिम्बु, सरिता राई र चन्द्र सम्बाहाम्फे (सोही साँझ रिहा) ।
थप कार्यक्रमहरु संघर्ष समितिको बैठक बसी तय गरिने संघर्ष समितिका संयोजक डकेन्द्रसिंह थेगिमले लिम्बुवान खबरलाई बताएका छन् ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...