ओलीले पाँचथर पुगेपछि मध्य पहाडी लोकमार्ग पछ्याउने हिम्मत गरेनन्

 लिम्बुवान न्युज
                       

पाँचथर, १ पुष । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पाँचथर पुगेपछि मध्यपहाडि लोकमार्गलाई पछ्याउने हिम्मत गुमाउदै ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ पूरा गरेका छन् । प्रदेश नं.१ प्रवेश गरेपछि नै निरन्तर पहिचानवादीहरुको अवरोधको सामना गरेका ओलीले पाँचथर पुगेपछि चारपाङ्ग्रे गाडी मार्फत् मध्यपहाडी लोकमार्गको उद्गमस्थल चिवाभञ्ज्याङ पुग्ने आँट गुमाएका हुन् ।

आन्दोलनरत पहिचानवादीहरुबाट सशक्त प्रतिरोध हुने थाहा पाएपछि संकल्प यात्राको अन्तिम दिन एमाले अध्यक्ष ओली हेलिकप्टर चार्टर गरेर चिवाभञ्ज्याङ पुगेको पहिचानवादी नेता नेपाल आदीवासी जनजाति महासंघ पाँचथरका अध्यक्ष सागर केरुङले बताए । प्रदेश नं.१ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले मध्यपहाडी लोकमार्गको पाँचथर खण्डमा ओलीलाई कडा प्रतिरोध गर्ने तयारी गरेपछि हच्किएका ओलीले हेलिकप्टर मार्फत् चिवाभञ्ज्याङ पुगेर संकल्प यात्रा समापन गरेका छन् ।

केरुङले पाँचथरको याङवरकमा पहिचानवादीले वम राखेको र स्वागत गेंट भत्काइदिएको निराधार हल्ला फैलाएर आन्दोलनलाई बद्नाम बनाउन खोजिएको पनि बताए । आफूहरु शान्तिपूर्ण तर सशक्त आन्दोलनको तयारीमा रहेको केरुङले बताए ।

एमालेको संकल्प यात्रा अन्य प्रदेशमा शान्तिपूर्ण रुपमा अघि बढेको थियो । तर प्रदेश नं.१ प्रवेश गर्नसाथ धनकुटाको लेगुवामा ओलीमाथि आफ्नै कार्यकर्ताले झापड प्रहार गरेका थिए । त्यसपछि क्रमशः तेह्रथुम र पाँचथरमा ओलीले पहिचानवादीहरुको अवरोध झेल्नु परेको थियो । अन्ततः मध्यपहाडी लोकमार्ग भएरै संकल्प यात्रा पूरा गर्ने भनेर निस्किएका ओलीले पहिचानवादीकै डरले संकल्प यात्राको अन्तिम दिन आकाशको बाटो रोज्न बाध्य भएको पहिचानवादीहरुले बताएका छन् ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...