क्यानडा र न्यूयोर्कमा पहिचानवादी मोर्चा विस्तार

 लिम्बुवान न्युज
                       

ललितपुर, २० मंसिर । पहिचानवादी मोर्चाले प्रवासमा संगठन विस्तारलाई तिब्रता दिएको छ । आईतबार क्यानडामा दिपेश थलङ्को संयोजकत्वमा समिति विस्तार भएको हो ।

भर्चुअल बैठकको माध्यमबाट मोर्चाका संघीय संयोजक प्रा.डा. महेन्द्र लावतीको उपस्थितिमा गठित समितिको सदस्यहरुमा जनक, चेम्जोङ, भगिराज चोङबाङ्क्याक, विरकाजी गेरुङ, चन्द्रधोज राई, राजकुमार राई, सोमबहादुर चेम्जोङ, सुरेन्द्र लावती र आदि याक्थुङबा चयन भएका छन् ।

अमेरिकाको न्यूयोर्क समिति संयोजकत्मा विवश बेनाम

यसैगरी विवश वेनामको संयोजकत्मा पहिचानवादी मोर्चा न्युयोर्क समिति विस्तार भएको छ । प्रा.डा. महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा भएको भेलाले १७ सदस्यीय समिति र ६ सदस्यीय सल्लाहकार समिति बनेको छ ।

मोर्चाको सह–संयोजकमा मिगेन थापा र सदस्यहरुमा भिमा नुगो, प्रेम कुरुम्बाङ, गणेश बेघा लिम्बु, पवित्रा सुब्बा, प्रेम राई, फुलु गुरुङ, जमुना चौहान, निलम जवेगु, सरोज थाङ्देन, पिके लिम्बु, अग्नी लिम्बु, बिनु नेम्बाङ, पान्थरे लुङवा लिम्बु र पुष्पा लिम्बु रहेका छन् ।
यस्तैगरी सल्लाहकार समितिमा निरन्जन अधिकारी, लिला सिंगक लिम्बु, टंक सेलिङ, राजकुमार बिष्ट, दिपेश खाम्बेक चवेगु र सुमन थाम्सुहाङ लिम्बु रहेका छन् ।

कार्यक्रममा बोल्दै प्रा.डा. लावतीले पहिचान पक्षधरहरु विश्वभरी छरिएर यत्रतत्र रहेता पनि देशको पुनः संरचना हुँदा पहिचानको आधारमा प्रदेशहरु बन्नु पर्ने र यहाँका सबै राष्ट्रियताहरुलाई सम्मान गर्दै देश निर्माणमा जुट्न सबै एकजुट हुनु पर्ने बताए । उनले प्रवासहरुमा समेत पहिचानको पक्षमा जनमत निर्माण शुरु भएको हुँदा ढिलो चाँडो एकदिन पहिचान पक्षधरको विजय हुने बताए ।

सम्बन्धित समाचार

धरानमा लिम्बुवान भोलेन्टियर्स गठन

दमक, धरानमा लिम्बुवान भोलेन्टियर्स कमान्ड गठन साथै जेनजी युवा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको छ । भोलेन्टियर्सका केन्द्रीय प्रवक्ता गणेश मिभक केसाङको उपस्थितिमा सोमबार कार्यक्रम भएको हो । धरानका विभिन्न वडाहरुबाट विभिन्न पार्टीहरु परित्याग गर्दै...

उज्यालो नेपाल पार्टीका समानुपातिक उमेद्वार सहित तीन नेताले गरे पार्टी परित्याग

दमक, ७ माघ । कुलमान घिसिंङ नेतृत्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् । यसरी राजिनामा दिनेहरुमा पहिचानवादी नेताको छवि बनाएका नेता डकेन्द्रसिंह थेगिम, संघीयवादी नेता ज्ञानबहादुर गुरुङ र...

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...