क्यानडा र न्यूयोर्कमा पहिचानवादी मोर्चा विस्तार

,   लिम्बुवान न्युज
                       

ललितपुर, २० मंसिर । पहिचानवादी मोर्चाले प्रवासमा संगठन विस्तारलाई तिब्रता दिएको छ । आईतबार क्यानडामा दिपेश थलङ्को संयोजकत्वमा समिति विस्तार भएको हो ।

भर्चुअल बैठकको माध्यमबाट मोर्चाका संघीय संयोजक प्रा.डा. महेन्द्र लावतीको उपस्थितिमा गठित समितिको सदस्यहरुमा जनक, चेम्जोङ, भगिराज चोङबाङ्क्याक, विरकाजी गेरुङ, चन्द्रधोज राई, राजकुमार राई, सोमबहादुर चेम्जोङ, सुरेन्द्र लावती र आदि याक्थुङबा चयन भएका छन् ।

अमेरिकाको न्यूयोर्क समिति संयोजकत्मा विवश बेनाम

यसैगरी विवश वेनामको संयोजकत्मा पहिचानवादी मोर्चा न्युयोर्क समिति विस्तार भएको छ । प्रा.डा. महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा भएको भेलाले १७ सदस्यीय समिति र ६ सदस्यीय सल्लाहकार समिति बनेको छ ।

मोर्चाको सह–संयोजकमा मिगेन थापा र सदस्यहरुमा भिमा नुगो, प्रेम कुरुम्बाङ, गणेश बेघा लिम्बु, पवित्रा सुब्बा, प्रेम राई, फुलु गुरुङ, जमुना चौहान, निलम जवेगु, सरोज थाङ्देन, पिके लिम्बु, अग्नी लिम्बु, बिनु नेम्बाङ, पान्थरे लुङवा लिम्बु र पुष्पा लिम्बु रहेका छन् ।
यस्तैगरी सल्लाहकार समितिमा निरन्जन अधिकारी, लिला सिंगक लिम्बु, टंक सेलिङ, राजकुमार बिष्ट, दिपेश खाम्बेक चवेगु र सुमन थाम्सुहाङ लिम्बु रहेका छन् ।

कार्यक्रममा बोल्दै प्रा.डा. लावतीले पहिचान पक्षधरहरु विश्वभरी छरिएर यत्रतत्र रहेता पनि देशको पुनः संरचना हुँदा पहिचानको आधारमा प्रदेशहरु बन्नु पर्ने र यहाँका सबै राष्ट्रियताहरुलाई सम्मान गर्दै देश निर्माणमा जुट्न सबै एकजुट हुनु पर्ने बताए । उनले प्रवासहरुमा समेत पहिचानको पक्षमा जनमत निर्माण शुरु भएको हुँदा ढिलो चाँडो एकदिन पहिचान पक्षधरको विजय हुने बताए ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;