कुम्मायकमा पहिचानवादी मोर्चा गठन

 लिम्बुवान न्युज
                       


पान्थर, ५ पौष । पान्थरको कुम्मायक गाउपालिकामा पहिचानवादी मोर्चा गठन भएको छ । शुक्रबार यासोक बचारमा भएको पहिचानवादी मोर्चाको भेलाले कुम्मायक गाउँपालिका कार्य समिती गठन गरेको हो ।


उक्त भेलाले तारानाथ सम्बाहाम्फेको संयोजकमा समिती गठन भएको छ । उक्त समितिमा इन्द्रकला लाओती र अमर लओती सहसंयोजक, सन्दिप सम्बाहाम्फे सदस्य सचीव र तेज प्रकाश लाओतीलाई आर्थिक बिभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

यसैगरी उक्त कार्यक्रममा २१ सदस्य पहिचानवादी मोर्चा कुम्मायक गाउपालिका कार्य समिती निर्बाचित गरेको नेता केदार धिमालले लिम्बुवान खबरलाई जनाएका छन ।
यसरी नै उक्त भेलाले पहिचानवादी महिला मोर्चा कुम्मायक गाउपालिका कार्य समिती पनि गठन गरेको छ । महिला समितिको संयोजकमा सुनिता लाओती, सह-सहयोजकमा सरस्वती नेम्वाङ र सदस्य सचिवमा देबिमाया लिम्बू सहित ११ सदस्य समिती निर्बाचित गरेको छ ।


कार्यक्रमको प्रमुख अथिति पहिचानवादी मोर्चाका संघीय संयोजक प्रा डा. महेन्द्र लाओती, अतिथिहरु सह-संयोजक ज्ञानबहादुर गुरुङ, संघीय सदस्य तथा कार्यालय प्रमुख खगेन्द्र माखिम, संघीय सदस्य तथ लिम्बुवान प्रदेशका सदस्य सचीव केदार धिमाल, संघीय सदस्यहरु सेन्छेहाङ लाओती, जकेन्द्र लाओती, मिसेकहाङ चेम्जोङ लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...