आदिवासी रंगशालामा सम्पन्न चासोकको आयब्याय सार्वजनिक

 लिम्बुवान न्युज
                       

दमक, ६ पुस झापाको कमल गाउँपालिका- ५ पाडाजुंगीस्थित आदिवासी रंगशालामा आयोजित चासोक तङनाम (न्वागी पूजा) को समीक्षासहित आयव्यय सार्वजनिक गरिएको छ ।
किरात याक्थुङ चुम्लुङ दमक र कमल शाखाको शुक्रबार किरात भवनमा बसेको संयुक्त समीक्षा बैठकले गत मंसिर ३० गते सम्पन्न चासोक तङनामको यथार्थ आयव्यय सार्वजनिक गरिएको चुम्लुङ दमकका अध्यक्ष देवेन्द्र मावोहाङ चेम्जोङले बताएका छन् ।
उनका अनुसार कार्यक्रम सम्पन्न गर्न स्टेज,प्रचार,कलाकारहरुको पारिश्रमिक लगायत गरि कुल ३ लाख ६५ हजार खर्च भएको छ । खर्च मध्ये आधा-आधा रकम दुवै संस्थाले व्यहोर्ने समेत निर्णय भएको उनले जनाए । कार्यक्रम सफल बनाउन स्वदेश तथा विदेशमा बस्दैआएका लिम्बू -याक्थुङहरुले स्वेच्छिक रुपमा सहयोग पुरयाँएका थिए ।
विगतका वर्षझै यसवर्ष पनि दुवै संस्थाले चासोक तङनाम भव्य रुपले मनाएका थिए । त्यस दिन मात्र कार्यक्रममा आउने सहभागिहरुबाट ५० हजार ७ सय ५० रुपैया सहयोग प्राप्त भएको चुम्लुङ कमलका अध्यक्ष दिवस सम्बाहाम्फेले बताए ।
चुम्लुङका संघीय सचिव यासेली योङहाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको चासोक विशेष सांस्कृतिक कार्यक्रममा लिम्बू जातिका गीत,नृत्य प्रस्तुत गरिनुका साथै कार्यक्रम सफल बनाउन सहयोग पुरयाँउने दाताहरुलाई प्रंशसापत्र समेत वितरण गरिएको थियो । बैठकले चासोक विशेष कार्यक्रम सफल बनाउने सहयोग पुरयाँउने दाता, लिम्बू समुदाय अग्रज, सर्वसाधारण ,कलाकारहरुलाई धन्यवाद समेत दिने निर्णय गरिएको चुम्लुङ दमकका अध्यक्ष चेम्जोङले बताए ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...