धरानमा पहिचानवादी मोर्चाको तेस्रो बैठक बस्दै

 लिम्बुवान न्युज
                       

धरान, १३ पौष । पहिचानवादी मोर्चाको दुईदिने तेस्रो पूर्ण बैठक बसिरहेको छ । सुनसरीको धरानस्थित छथरेसमाजको सभाहलमा मोर्चाको संघीय संयोजक प्रा।डा। महेन्द्र लावतीको अध्यक्षतामा पूर्ण बैठक बसिरहेको हो ।

मोर्चा गठन पश्चात विभिन्न पहिचानजन्य संगठनहरुसँग वार्ता, छलफल निरन्तर बढाउँदै यो बैठक बसेको हो । मोर्चामा जोडिएको नागरिक उन्मुक्ति पार्टी प्रदेश नं। १ का केन्द्रीय नेताहरु सहितको संयुक्त रुपमा सहभागिता रहेका बहुमत नेताहरुको उपस्थितिमा बैठक बसिरहेको संघीय कार्यालय प्रमुख खगेन्द्र माखिमले बताए ।

मोर्चाले शुक्रबार धरानमा चारवटा संगठनहरु पहिचानवादी मोर्चा, जनमुक्ति, उन्मुक्ति र पहिचान अभियान समितिको संयुक्त पहिचानवादी मोर्चा घोषणालाई अनुमोदन गरेको छ । साथै मोर्चाले संगठन विस्तार, सुदृढिकरण लगायका कार्यहरु गर्नलाई केहि विभागिय जिम्मेवारी दिने बताइएको छ । यूवा विभाग, महिला विभाग, विद्यार्थी विभाग, मजदुर, मिडिया, भूपु सैनिक, आर्थिक लगायत विभागहरुमा जिम्मेवारी दिने नेता माखिमले बताए ।

बैठकमा ५१ प्रतिशत संघीय नेताहरुको उपस्थिति रहेको बैठक व्यवस्थापनका संयोजक नेता जेन्टल लावतीले बताएका छन् । बैठक १३ र १४ गते दुईदिन चल्ने र अन्य विभिन्न विषयमा छलफल र कार्यविभाजन लगाय र संगठनको विचार, दृष्टिकोण र कार्यदिशा बारे घनिभूत छलफल गरिने मोर्चा नेताहरुले लिम्बुवानखबरलाई बताएका छन् ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...