दमक, १७ मङ्सिर । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा आज दिउँसो १ बजे हुँदैछ । काठमाडौ श्थित प्रज्ञा भवन कमलादीमा पार्टीले औपचारिक घोषणा सभा गर्न लागेको हो ।
घोषणा सभा कार्यक्रममा प्रमुख अतिथि ऊर्जामन्त्री मन्त्री कुलमान घिसिङ सहभागी हुने बताइएको छ । सोही कार्यक्रममा उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येयसहितको घोषणापत्र २०८२ समेतसार्वजनिक गरिने स्रोतले जनाएको छ ।
पार्टीले यसअघि मङ्सिर १२ गते जारी गरेको विज्ञप्तिमा दलहरूको भीडमा थप एक नयाँ दलको रूपमा मात्रै नभई उज्यालो सपना साकार पार्न सक्ने नेतृत्व, कार्यकुशलता र अनुभव भएको दाबी गरेको थियो ।
मन्त्री घिसिङले पार्टीमा आफ्नो धारणा सार्वजनिक गर्ने बयाइएको छ । उक्त कार्यक्रमले चुनावी कार्यक्रमको तयारी साथै सातै प्रदेशमा समिती गठन गर्ने गृहकार्य भै रहेको केन्द्रीय सदस्य प्रा.डा. महेन्द्र लावतीले लिम्बुवान खबरलाई बताउनु भएको छ ।
पार्टीले बहुसास्कृतिक समाजवाद र सह अस्तित्ववाद पार्टीको विचारधारा मुल एजेन्डा रहेको प्राडा लावतीले बताउनु भयो । डा लावतीका अनुसार पार्टी बहुसास्कृतिकवादमा क्लियर भएको हुँदा सबै पहिचानलाई अटाउन सकिने स्पष्ट पार्नुभएको छ ।