महासंघ झापाको ३७औं स्थापना दिवसमा रक्तदान र झण्डोत्तोलन

 लिम्बुवान न्युज
                       

ललितपुर, ११ पुष । नेपाल पत्रकार महासंघ झापा शाखाको ३७औं स्थापना दिवसको अवसरमा बुधबार रक्तदान र कार्यालयमा झण्डोत्तोलन कार्यक्रम सम्पन्न भएको छ ।
हाल झापामा रगतको अभाव देखिएको हुँदा मानवीय सेवामा टेवा पु¥याउने उद्देश्यले आफ्नो स्थापना दिवसलाई पत्रकार महासंघ झापाले रक्तदान कार्यक्रम गरेर मनाएको बताइएको छ । महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षता र नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालको प्रमुख आतिथ्यमा बिर्तामोडस्थित अतिथि सदनमा भएको कार्यक्रममा ५५ जनाले रक्तदान गरेका थिए ।
प्रमुख अतिथि ढकालले दान मध्येको महादान रक्तदानको आयोजना गरेर पत्रकार महासंघ झापाले मानवताको सेवामा महत्वपूर्ण पुण्यकार्य गरेको भन्दै प्रशंसा गरे । उनले रगतको अभाव पूरा गर्न स्वस्थ नागरिकले नियमित रक्तदान गर्नुपर्नेमा जोड दिए । ब्लड डोनर्स सोसाइटी झापाको सहकार्य र नेपाल रेडक्रस सोसाइटी झापा शाखा तथा बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा रक्तदान सम्पन्न भएको हो ।
कार्यक्रममा महासंघ झापाका संस्थापक सचिव तथा पूर्व अध्यक्ष तारा बराल, पूर्व अध्यक्षहरु कृष्ण हुमागाँई, गणेश पोखरेल, चेम्बर अर्फ कमर्श झापाका अध्यक्ष ओमकृष्ण विमली, रोटरी क्लव अफ बिर्तामोड मिडटाउनकी अध्यक्ष पुष्पाञ्जली सिन्हा, प्रेस सेन्टर झापाका अध्यक्ष पुष्प खड्का, सञ्चारिका समूह झापाकी अध्यक्ष लीला अनमोल लगायतले शुभकामना व्यक्त गरेका थिए ।
अतिथि वक्ताहरुले व्यवसायिक, मर्यादित, तथ्यपरक पत्रकारितामा जोड दिए । उपाध्यक्ष सुब्रत न्यौपानेले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव राजु पाठकले गरेका थिए । झापा ब्लड डोनर्स सोसाइटीका अध्यक्ष विष्णु आचार्य, संस्थापक रमेश दाहाल लगायतका अभियानकर्मीले कार्यक्रममा संयोजनको भूमिका निर्वाह गरेका थिए । कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, जेन–जी युनाइटेड मुभमेन्ट नेपाल झापा, पत्रकार, विद्यार्थी लगायत समाजका विभिन्न क्षेत्रका रक्तदाताहरुले रक्तदान गरेका थिए ।
उक्त कार्यक्रममा पत्रकार तथा हल्दिबारी प्रेस क्लवका अध्यक्ष नेत्रविक्रम विमलीले १२०औं पटक रक्तदान गरेका थिए ।
यसैबीच बुधबार नै स्थापना दिवसको अवसरमा महासंघको बिर्तामोडस्थित कार्यालय भवनमा झण्डोत्तोलन गरिएको छ । महासंघका संस्थापक सचिव तथा पूर्व अध्यक्ष तारा बराल, पूर्व अध्यक्ष कृष्ण हुमागाँई, वर्तमान अध्यक्ष एकराज गिरी, पदाधिकारी तथा सदस्यहको उपस्थितिमा राष्ट्रिय झण्डा र महासंघको झण्डा झण्डोत्तोलन गरिएको हो ।

सम्बन्धित समाचार

उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठनः अध्यक्षमा प्रदिप मादेन

ललितपुर, १२ पौष । उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठन गरिएको छ । शनिबार पार्टीको केन्द्रीय सदस्य प्रा.डा.महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा फुङलिङमा आयोजित एक कार्यक्रमले प्रदिप मादेन ‘नानी’को अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति...

चन्द्र गजमेर शुभकामना साकोसको अध्यक्षमा पुनः निर्वाचित

ललितपुर, ११ पुष । झापाको दमक–६ मा रहेको शुभकामना वचत तथा ऋण सहकारी संस्थाको १३औं साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले अध्यक्षको बार्षिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन लगायत प्रतिवेदनहरु पास गर्दै नयाँ समिति चयन गरेको...

उज्यालो नेपाल पार्टी इलाम जिल्ला गठनः अध्यक्षमा सन्तराम याेङहाङ

ललितपुर, ११ पौष । उज्यालो नेपाल पार्टी इलाम जिल्ला समिति गठन भएको छ । शुक्रबार इलाम बजारमा आयोजित एक कार्यक्रमबाट सन्तराम योङहाङको अध्यक्षतामा २९ सदस्यीय समिति गठन गरिएको हो । पार्टीका केन्द्रीय सदस्य प्रा.डा. महेन्द्र...

निर्वाचन आयोगको निष्कर्षः चुनाव तोकिएकै मितिमा हुन्छ

ललितपुर, ११ पुष । निर्वाचन आयोगले आगामी फाल्गुन २१ मा तोकिएको प्रतिनिधि सभाको निर्वाचनका लागि वातावरण बनेको निष्कर्ष निकालेको छ । सोही अनुरुप आयोगले काम अगाडि बढाएको आयोगका सहसचिव एव्म प्रबक्ता नारायण प्रसाद भट्टराईले बताए...