ललितपुर, १५ पौष । उज्यालो नेपाल पार्टीका नेता प्रोफेसर डा. महेन्द्र लावतीले राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फका बन्दसूचीमा राखिएको आफ्नो नामका विषयमा असहमति जनाएका छन् ।
उनले उज्यालो नेपाल पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित भएको विषयमा आफूहरूसँग सल्लाह नगरिएको भन्दै समानुपातिक सूचीमा आफ्नो नाम राखिएको भन्दै असहमति जनाए । रास्वपाले निर्वाचन आयोगमा बुझाएको सूचीमा उनको नाम आदिवासी जनजाति पुरुष क्लस्टरको १२ औँ नम्बरमा छ ।
डा. लावतीले पार्टीका संरक्षक कुलमान घिसिङले उज्यालो नेपाल पार्टी रास्वपासँग एकता गरेको विषय समाचारबाट मात्र थाहा पाएको बताए । एकता भएको समाचारमा थाहा पायौँ उनले भने ।
लावतीले गणतन्त्र, धर्म निरपेक्ष राज्य, सङ्घीयता, बहुसास्कृतिक समाजवाद र समानुपातिकता बटमलाइन भएको बताएका छन् । यी एजेन्डा विना रास्वपामा नजाने उनले भने ।
७ बुँदे सहमतिमा राजनीति एजेन्डा कहि कतै नलेखिएको उनको भनाइ छ ।
पहिचानको मुद्दा छाडेको भन्दै लावतीमाथि पहिचान पक्षधरले विभिन्न माध्यमबाट आलोचनासमेत गरिरहेका छन् । प्रदेशको नामकरणपछि सुरु भएको पहिचानको आन्दोलनका क्रममा ज्यान गुमाएका र घाइते भएकाहरूको सपनालाई छाडेर लावतीले समानुपातिक उम्मेदवार पहिचानको मुद्दा साटेको भन्दै सामाजिक सञ्जालमा उनीमाथि टिप्पणी भइरहेको छ !