दमक नगरपालिकालाई टोलबासीहरूले बझाए ज्ञापनपत्र

 लिम्बुवान न्युज
                       

दमक। झापाको दमक नगरपालिका वडा नं. १ र ७ को सिमाना रतुवा खोला किनारमा बसोबास गर्ने विभिन्न टोलहरुले संयुक्त हस्ताक्षर गरेर दमक नगरपालिकालाई आज ज्ञापनपत्र बुझाएका छन् ।

दमक नपा वडा नं. १ र ७ जोडिएको रतुवा खोला हाल निर्मित नमुना वस्ती पूर्व खोलामा विभिन्न धर्मावलम्बीहरुले जातीय परम्परा अनुसार लासको दाह संस्कार गर्ने सन्दर्भमा लापरवाही भएको भन्दै नगरपालिकालाई ध्यानाकर्षण गरेका हुन् ।

हाल कोरोना भाइरसको कारण दमक क्षेत्रमा मर्नेको संख्या दिनानु दिन बढिरहेको हुँदा सतगत गरिएको लास पूर्णरुपमा भस्म नभई छोडेर जाने पाइएको हुँदा सो लासका टुक्राहरु कुकुर, काग लगायत अन्य जिवजनावरबाट सर्न सक्ने र सो क्षेत्र प्रदुषित समेत हुँदै गएको महसुस त्यस क्षेत्रका मानिसहरुले गरेको ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।

त्यसैगरी पत्रमा त्यस वरपरका बासिन्दाहरुमा दिनानूदिन कोरोनाको मनोवैज्ञानिक असर पर्नुका साथै महामारी फैलिन सक्ने खतरालाई ध्यानमा राख्दै नगरपालिका र प्रशासनिक निकायहरुलाई ज्ञापनपत्र बुझाइएको ज्ञापन पत्रका अगुवा लुङ्धुङ् टोल विकास संस्थाका अध्यक्ष याम बहादुर राई बताए । उनले रातको एक बजे पनि कोरोना संक्रमित लासहरु ल्याएर दाहसंस्कार गर्न थालिएको हुँदा उक्त क्षेत्रमा बसोबास गर्नेहरु सशंकित भएको बताएका छन् ।

ज्ञापनपत्रमा दमक १ मा निर्मित नुमना वस्तीमा बस्ने सबै घरका मुलीहरुले हस्ताक्षर गर्नुका साथै वडा नं. १ कै लुङ्धुङ् टोल, सिरिजङ्गा टोल, हिमालय टोल, बुद्ध टोल, शिवालय टोलका सयौं सदस्य तथा प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन् । त्यसैगरी दमक वडा नं. ७ स्थित ओम शान्ति टोलका सदस्यहरुले समेत ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त ज्ञापनपत्रको वोदार्थ दमक वडा नं. १ र ७ वडा कार्यपालिका र इलाका प्रहरी कार्यालय दमकलाई समेत बुझाइएको लुङधुङ टोलका सचिव तथा संचारकर्मी दिल्लीश्वर मुसाहाङ्ले बताए ।

 

सम्बन्धित समाचार

बहुआयामिक स्रष्टा सागर केरुङको सिर्जना ६ कृति एकसाथ विमोचन

दमक, झापा । याक्थुङ समुदायका प्राज्ञिक व्यक्तित्व तथा बहुआयामिक स्रष्टा सागर केरुङका ६ ओटा महत्वपूर्ण कृतिहरू एकैसाथ विमोचन भएका छन् । याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपालको आयोजनामा गत बैशाख २६ गते शनिवार पाँचथरको फिदिममा सम्पन्न विशेष...

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...

दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न

दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो । खेलकुद महोत्सवमा फुटबल,...

पान्थरमा सात लिम्बू स्रष्टाका एक दर्जन कृति लोकार्पण

फेदेन। पान्थर जिल्लाको  फेदेनस्थित होटल सरगमको सभाहलमा सनिवार आयोजित याक्थुङ साहित्यको सिन्थेसिस’ कार्यक्रममा सात जना स्रष्टाका एक दर्जन कृतिहरू एकैसाथ लोकार्पण गरिएको छ । प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ चुम्लुङका सङघीय अध्यक्ष तुत्तु गोविन्द आङ्बुङको...