दमक नगरपालिकालाई टोलबासीहरूले बझाए ज्ञापनपत्र

 लिम्बुवान न्युज
                       

दमक। झापाको दमक नगरपालिका वडा नं. १ र ७ को सिमाना रतुवा खोला किनारमा बसोबास गर्ने विभिन्न टोलहरुले संयुक्त हस्ताक्षर गरेर दमक नगरपालिकालाई आज ज्ञापनपत्र बुझाएका छन् ।

दमक नपा वडा नं. १ र ७ जोडिएको रतुवा खोला हाल निर्मित नमुना वस्ती पूर्व खोलामा विभिन्न धर्मावलम्बीहरुले जातीय परम्परा अनुसार लासको दाह संस्कार गर्ने सन्दर्भमा लापरवाही भएको भन्दै नगरपालिकालाई ध्यानाकर्षण गरेका हुन् ।

हाल कोरोना भाइरसको कारण दमक क्षेत्रमा मर्नेको संख्या दिनानु दिन बढिरहेको हुँदा सतगत गरिएको लास पूर्णरुपमा भस्म नभई छोडेर जाने पाइएको हुँदा सो लासका टुक्राहरु कुकुर, काग लगायत अन्य जिवजनावरबाट सर्न सक्ने र सो क्षेत्र प्रदुषित समेत हुँदै गएको महसुस त्यस क्षेत्रका मानिसहरुले गरेको ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।

त्यसैगरी पत्रमा त्यस वरपरका बासिन्दाहरुमा दिनानूदिन कोरोनाको मनोवैज्ञानिक असर पर्नुका साथै महामारी फैलिन सक्ने खतरालाई ध्यानमा राख्दै नगरपालिका र प्रशासनिक निकायहरुलाई ज्ञापनपत्र बुझाइएको ज्ञापन पत्रका अगुवा लुङ्धुङ् टोल विकास संस्थाका अध्यक्ष याम बहादुर राई बताए । उनले रातको एक बजे पनि कोरोना संक्रमित लासहरु ल्याएर दाहसंस्कार गर्न थालिएको हुँदा उक्त क्षेत्रमा बसोबास गर्नेहरु सशंकित भएको बताएका छन् ।

ज्ञापनपत्रमा दमक १ मा निर्मित नुमना वस्तीमा बस्ने सबै घरका मुलीहरुले हस्ताक्षर गर्नुका साथै वडा नं. १ कै लुङ्धुङ् टोल, सिरिजङ्गा टोल, हिमालय टोल, बुद्ध टोल, शिवालय टोलका सयौं सदस्य तथा प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन् । त्यसैगरी दमक वडा नं. ७ स्थित ओम शान्ति टोलका सदस्यहरुले समेत ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त ज्ञापनपत्रको वोदार्थ दमक वडा नं. १ र ७ वडा कार्यपालिका र इलाका प्रहरी कार्यालय दमकलाई समेत बुझाइएको लुङधुङ टोलका सचिव तथा संचारकर्मी दिल्लीश्वर मुसाहाङ्ले बताए ।

 

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...