उर्लाबारी नगरपालिकाले बारुण यन्त्र ल्याउने

 लिम्बुवान न्युज
                       

उर्लावारी मोरङको उर्लाबारी नगरपालिकाले बारुण यन्त्र (दमकल) खरिद गर्ने  निर्णय गरेकाे छ । उर्लाबारी नगरपालिकाले दमकल खरिदका लागि आवश्यक टेण्डर प्रकृया अगाडी बढाएको जनाएको छ ।

अब चाडै नै उर्लाबारीबासीहरुले आगलागीका घटनामा तत्काल बारुण यन्त्रको सुविधा पाउने भएका छन् । नगरपालिकाले दमकलका लागि चाहिने आवश्यक जनशक्तिका परिपुर्ती गर्न विज्ञापन समेत आव्हान गरिसकेको छ ।

नगरपालिकाले दमकलका लागि सवारी चालक २ जना र अग्नि नियन्त्रक (फायर म्यान ) ४ जना गरी ६ जनालाई करारमा नियुक्ति गर्न विज्ञापन खुलाएकाे छ । विज्ञापनमा सवारी चालकका लागि न्यूनतम योग्यता ८ कक्षा पास र सवारी चालकको अनुमतिपत्र अनिवार्य भनिएको छ । सो पदका लागि नगरपालिकाले गत कार्तिक २८ गते नै विज्ञापन खुलाइ सकेकाे छ भने विज्ञापन खुलेको १५ दिन भित्र इच्छुक योग्यता पुगेका ब्याक्तिहरुले दरखास्त आव्हान गर्न सक्ने उलाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले जानकारी दिएका छन् ।

नगरपालिकासंग आफनो बारुणयन्त्र नहुदाँ आगजनीका घटनामा नजिकको दमक र अन्य स्थानीय तहबाट दमकल मगाउनुपर्ने बाँध्यता रहदै आएको छ । लामो दुरीबाट दमकल आउनुपर्दा तत्काल अग्नि नियन्त्रण हुन नसक्दाँ जनधनको पनि बढिनै क्षति हुँदै आएको छ । अब भने अलिकति उर्लाबारीबासीहरूले राहतकाे महसुस गर्ने नगरप्रमुख फागाेले बताएका छन् ।

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...