तीन सय ९६ स्थानीय तहमा अस्पताल निर्माणको आज शिलान्यास

 लिम्बुवान न्युज
                       

काठमाडौं। नेपाल सरकारलाई अहिलेसम्म अस्पताल नभएका स्थानीय तहमा आधारभूत अस्पताल बनाउन लागिएको अस्पतालहरुको आज शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
७ वटा प्रदेशको तीन सय ९६ स्थानीय तह अन्तर्गत पाँच शय्याका ५२, १० शय्याका एक सय ९ र १५ शय्याका ३५ अस्पतालको आज शिलान्यास हुँदैछ  । सबै अस्पतालहरु दुई वर्षभित्रमा निर्माण गरेर सञ्चालन गर्नेगरि सरकारको तयारी रहेको छ ।

संघीय मामिला मन्त्रालयले जनाए अनुसार तीन सय ९६ स्थानीय तहमा भवन निर्माणका लागि यो बर्ष ६ अर्ब १२ करोड २६ लाख निकासा गरिएको छ । अस्पताल निर्माण र उपकरण जडान गर्न करिब ५८ अर्ब खर्च हुने अनुमान गरिएकोछ । अस्पताल निर्माणका लागि अर्थ मन्त्रालयले बजेट विनियोजन गरिसकेको जनाएको छ ।

आज विभिन्न स्थानीय तहमा बन्ने अस्पतालहरुको अर्थमन्त्री विष्णु पौडेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, संघीय संसदहरु, प्रदेशका मन्त्रीहरु, स्थानीय तहका प्रमुख लगायतबाट शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
सबैभन्दा धेरै प्रदेश १ मा ८६ आधारभूत अस्पताल निर्माण हुनेछ त्यसैगरी लुम्बिनीमा ५७, सुदूरपश्चिममा ५४, प्रदेश २ र गण्डकीमा ५३–५३, बागमतीमा ५१ र कर्णालीमा ४२ स्थानीय तहमा अस्पताल बन्ने जनाएको छ । यसरी नै आज सोमबार नै सातवटै प्रदेशमा एक–एक सरुवारोग अस्पतालको पनि शिलान्यास गर्ने सरकारको तयारी रहेकोछ ।
स्थानीय तहको जनसंख्या र भूगोललाई मध्यनजर गर्दै अस्पताल पाँच शैया, दश शैया र पन्ध्र शैयाको गरी तीन तहको निर्माण हुने बताइएको छ । तह अनुसार नै जनशक्ति पनि खटाइने बताइएको छ । पाँच शैयामा एक मेडिकल अफिसर सहित १२ स्वास्थ्यकर्मी, दश शैयाँमा दुई मेडिकल अफिसर सहित १७ जना र पन्ध्र शैयाको अस्पतालमा तीन मेडिक अफिसर सहित २७ स्वास्थ्यकर्मी रहने संघीय सरकारले जनाएको छ ।

सबै अस्पतालबाट गुणस्तरीय आधारभूत उपचार, स्त्रीरोग, बालरोग र सामान्य शल्यक्रिया सहितको सेवा दिने बताइएको छ  । अस्पताल स्थापनाका लागि स्थानीय तह छनोटमा विभेद गरिएको भन्दै कतिपय स्थानीय तहले असन्तुष्टि व्यक्त गरेका छन् भने केही स्थानीय तहमा अझै जग्गा प्राप्ति गर्न बाँकी रहेको जनाइएको छ  ।

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...