चर्चित रमेश प्रसाई र स्वेता खड्काको एकैदिन लगनगाँठो

 लिम्बुवान न्युज
                       

झापा। लामो प्रेममा रहेका चर्चित नायक स्व. श्रीकृष्ण श्रेष्ठसँग २०७१ सालमा विवाह बन्धनमा बाँधिएकी चर्चित नायिका स्वेता खड्काले नयाँ जीवन शुरुवात गरेकी छन् ।

६ बर्ष पछि उनले नयाँ जीवन थाल्न लागेको बताउँदै आइतबार मात्रै सामाजिक संजालमा बिहेको पुष्टि गरिन् । चर्चित नेपाली फिल्म कहाँ भेटिएला र काेहिनुर की नायिकाले सोमबार विजयेन्द्रसिंह रावतसँग लगनगाँडो कसेकी हुन् । दुवै परिवारका सिमित सदस्यहरुबीच विवाह गोकर्ण फरेष्ट रिसोर्टमा सम्पन्न भएको हो ।

अभिनेता श्रीकृष्णको विवाह भएको १ महिनामै उपचारको क्रममा भारतको दिल्लीमा निधन भएको थियो ।

त्यसैगरी आजैका दिन झापाका चर्चित वक्ताका रुपमा आफ्नो छुट्टै पहिचान बनाएका व्यक्तित्व रमेश प्रसाईले कालिकोट घरभई काठमाडौंमा समाजसेवा गरिरहेकी नन्दा सिंहसँग धरानमा लगनगाँठो कसेका छन् ।

बेहुली नन्दा सिंहको धरानमा रहेका आफन्तको घरबाट हिन्दु धार्मिक परम्परा अनुसार प्रसाई र सिंहको विवाह भएको हो । विवाहमा बेहुला र बेहुली दुवै जनाले पहिरिएका कपडामा निक्कै खुलेको देखिएको थियो । धरानमा बसेर अध्ययन गरेका प्रसाईको निजी घर काँकरभिट्टामा रहेको छ ।

(तस्वीरः सामाजिक संजालबाट)

 

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...