चर्चित रमेश प्रसाई र स्वेता खड्काको एकैदिन लगनगाँठो

 लिम्बुवान न्युज
                       

झापा। लामो प्रेममा रहेका चर्चित नायक स्व. श्रीकृष्ण श्रेष्ठसँग २०७१ सालमा विवाह बन्धनमा बाँधिएकी चर्चित नायिका स्वेता खड्काले नयाँ जीवन शुरुवात गरेकी छन् ।

६ बर्ष पछि उनले नयाँ जीवन थाल्न लागेको बताउँदै आइतबार मात्रै सामाजिक संजालमा बिहेको पुष्टि गरिन् । चर्चित नेपाली फिल्म कहाँ भेटिएला र काेहिनुर की नायिकाले सोमबार विजयेन्द्रसिंह रावतसँग लगनगाँडो कसेकी हुन् । दुवै परिवारका सिमित सदस्यहरुबीच विवाह गोकर्ण फरेष्ट रिसोर्टमा सम्पन्न भएको हो ।

अभिनेता श्रीकृष्णको विवाह भएको १ महिनामै उपचारको क्रममा भारतको दिल्लीमा निधन भएको थियो ।

त्यसैगरी आजैका दिन झापाका चर्चित वक्ताका रुपमा आफ्नो छुट्टै पहिचान बनाएका व्यक्तित्व रमेश प्रसाईले कालिकोट घरभई काठमाडौंमा समाजसेवा गरिरहेकी नन्दा सिंहसँग धरानमा लगनगाँठो कसेका छन् ।

बेहुली नन्दा सिंहको धरानमा रहेका आफन्तको घरबाट हिन्दु धार्मिक परम्परा अनुसार प्रसाई र सिंहको विवाह भएको हो । विवाहमा बेहुला र बेहुली दुवै जनाले पहिरिएका कपडामा निक्कै खुलेको देखिएको थियो । धरानमा बसेर अध्ययन गरेका प्रसाईको निजी घर काँकरभिट्टामा रहेको छ ।

(तस्वीरः सामाजिक संजालबाट)

 

सम्बन्धित समाचार

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...

जगत तामाङ घेदुङ प्रदेश १ अध्यक्षमा निर्वाचित

दमक,। तामाङ समुदायको साझा संगठन नेपाल तामाङ घेदुङ १ न प्रदेश अध्यक्षमा झापाका जगत तामाङ सर्वसम्मत चयन भएका छन् ।  मोरङको पथरीमा सम्पन्न अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो। दोस्रो प्रदेश अधिवेशनले तीनजना उपाध्यक्ष...