जग्गा गुठीमा फिर्ता भएपछि डोमालाल राजवंशी रंगशाला बन्ने पक्का

 लिम्बुवान न्युज
                       

बिर्तामोड, १५ माघ । विभिन्न व्यक्तिको नाममा पुगेको जग्गा फिर्ता भएपछि डोमालाल राजवंशी रंगशाला बन्ने पक्का भएको छ ।

रंगशालाले फिर्ता भएको गुठीको जग्गा भोगाधिकारमा ल्याउने पहलसमेत थालेको छ । रंगशाला रहेको जग्गा विभिन्न व्यक्तिको नाममा भएपछि रंगशालाको भविष्य अनिश्चितजस्तै रहेको थियो ।

देवी गुठीको जग्गा आफ्नो नाममा पार्ने व्यक्तिहरुबाट जग्गा फिर्ता गराउन महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले पहल गरेका थिए । जग्गा फिर्ताको लागि पहल गर्ने खरेललाई खेलप्रेमी र खेलाडीहरुले धन्यवाद दिएका छन् ।

झापा ११ फुटबल क्लब, झापा गोल्डकप र झापा फुटबल क्लबले महान्यायाधिवक्ता खरेललाई धन्यवाद दिँदै गुठी संस्थानबाट रंगशाला बनाउनका लागि भोगाधिकार दिलाउने विषयमा समेत पहल गरिदिन आग्रह गरेका छन् । २०५२ सालभन्दा अघि तत्कालिन अनारमनी गाउँ विकास समितिले संचालन गरेको अनारमनी दुर्गा गुठी संस्थानको जमिन राज गुठीमा लगी विभिन्न व्यक्तिले आफ्नो नाममा हत्याएका थिए ।

मोही टिकादेवी विमलीको नाममा कायम भएको २ विगाह ८ कठ्ठा १८ धुर जग्गा उनका छोरा केशव विमलीले अनारमनी दुर्गा स्थान राजगुठी संस्थानकै नाममा दाखिला हुनेगरी फिर्ता दिएका हुन् । त्यस्तै केशवका काका सूर्यकुमार विमलीले आफ्नो नाममा पारेको ७ कठ्ठा जग्गा फिर्ता गर्न लागेको जनाइएको छ ।

रमेश महर्जनको नाममा रहेको ८ कठ्ठा जग्गा पनि फिर्ताको पहल भइरहेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । जग्गा फिर्ता भएपछि बिर्तामोड नगरपालिकाले पनि सो जग्गामा रंगशाला बनाउन पहल गर्ने आश्वासन दिइसकेको छ ।

कार्यक्रममा झापा ११ फुटबल संघका अध्यक्ष जलकुमार गुरुङ, महासचिव गणेश पोखरेल , झापा गोल्डकपका अध्यष विनोद बस्नेत , झापा फुटबल संघका अध्यक्ष गजेन्द्रबहादुर पौडेललगायतले बोलेका थिए ।

कार्यक्रममा खेलाडीहरुको पनि उपस्थिति रहेको थियो । डोमालाल राजवंशीले बिर्ताबजारमा रहेको दुर्गा मन्दिरको नाममा १२ विगाहभन्दा बढी जग्गा दान दिएका थिए । सो जग्गालाई देवी गुठी हुँदै राजगुठीमा लगेर बेचिखाने काम भएको थियो ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...