विभागीय एपीएफ विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश

 लिम्बुवान न्युज
                       

विराटनगर । विराटनगरमा जारी छैठौं विराट गोल्ड कपमा विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) काठमाडौं सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा साविकको विजेता नेपाल प्रहरीलाई २ को विरुद्ध ० गोल अन्तरले हराउँदै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो ।

जितसँगै एपीएफले वैशाख १ गते हुने पहिलो सेमिफाइनल खेलमा घरेलु टिम विराटनगर–११ सँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल पुलिस क्लबले क्वाटरफाइनल खेलमा हार व्यहोरेपछि छैठौं संस्करणको विराट गोल्डकपको उपाधि चुम्ने सपना चकनाचुर भएको छ । अघिल्लो सिजनमा भने खेल कोभिडको कारण रोकिएको थियो । पुलिसले २०७४ सालमा विराट गोल्डकपको उपाधि हात चुमेको थियो ।

आक्रम रुपमा प्रस्तुत भएको प्रहरीलाई रोक्दै एपीएफलाई खेलको ४६ औं मिनेटमा मणि लामा र ९० औं मिनेटमा सुमन लामाले गोल गरि टिमको जित सुनिश्चित गरेका थिए । खेलको ४६ औं मिनेटमा एपीएफका मणिले पुलिसका खेलाडीले क्लियर गरेको बलललाई गोलमा परिणत गरि अग्रता दिलाएका थिए ।

खेलको म्यान अफ द म्याच एपीएफका मणि लामा घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

जितपछि प्रतिक्रिया दिँदै सशस्त्र प्रहरीका प्रशिक्षक सुदिप श्रेष्ठले खेलाडीहरुको मेहनतले विभागीय टिमलाई हराउन सफल भएको बताए । यसै गरी प्रहरीका प्रशिक्षक अन्नतराज थापाले भने डिफेन्डरको कम्जोर खेलका कारणले प्रस्पिर्धाबाट बाहिर बाध्य भएको बताए ।

मंगलबार अन्तिम क्वाटरफाइन खेल पोखरामा सम्पन्न १९ औं संस्करणको आहा रारा गोल्डकपको बिजेता टिम संकटा र अफ्रिकन रुट्सबीच प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...