सोमबार, २० बैशाख, २०७८ रातीको ०८:५६ बजे,
लिम्बुवान न्युज
आदिमकालदेखि नेपालमा बस्दै आएका हामी विभिन्न जातजातिहरुको माझमा जातिय मेलमिलाप, सदभाब र आपसी सदभाव कायम हुँदै आएको छ । नेपाल एक बहुभाषिक, बहुसांस्कृतिक भएको र अनेकतामा एकता कायम राखेको असंलग्न राष्ट्र हो । नेपालका हिमाल, पहाड र तराईमा बसोबास गर्ने हामी नेपालीमा आदिमकालदेखि नै धार्मिक, सांस्कृतिक, भाषिक सहिष्णुता कायम रहेको छ ।
हामी ब्राह्मण, क्षेत्री, राई, लिम्बू, गुरुङ, तामाङ, शेर्पा, मण्डल, थारु, झा, चौधरी, मुसहर, सतार, आदि सबै जातजातिका आ–आफ्नै संस्कार, संस्कृति, रीतिरिवाज, चालचलन, भेषभूषा, परम्परा र अनुष्ठानहरु छन । एकले अर्कोको चाल चलन, रीतिरिवाज र परम्परालाई अपनत्व गर्दै आएका छौ र त्यो नै हामी नेपाली माझको गौरव, एकता र राष्ट्रिय अखण्डता हो । एकले अर्काको अस्तित्वलाई ग्रहण गर्नु र अपनत्व स्वीकार गर्नु नै सह–अस्तित्व हो । यही सह–अस्तित्वको माध्यमबाट हामी नेपालीले विश्व सामु हाम्रो पहिचान स्थापित गरेर राष्ट्रिय साख र कीर्तिमान जोगाएका छौ र यो नै हाम्रो प्राण तुल्य भएको छ र हुन्छ ।
तर वर्तमान के पी ओलीको सरकारले हामी नेपाली–नेपाली माझको राष्ट्रिय एकता, अपनत्व, भाइचारा, राष्ट्रिय धार्मिक र सांस्कृतिक सहिष्णुतालाई भताभुङ्ग र लथालिङ्ग पार्ने काम गरेको छ । हामी विभिन्न जात जाति, भाषाभाषी र धर्म सम्प्रदाय माझको राष्ट्रिय एकताको जगलाई हल्लाउने काम गरेको छ । राष्ट्रिय एकताको जग हल्लिएमा राष्ट्रलाई गम्भिर संकट आउनसक्ने हुन् सक्छ । हामी पृथक जातजाति र भाषाभाषीका फरक–फरक रीतिरिवाज र परम्परालाई धार्मिक र सांस्कृतिक सह–अस्तित्व सहितको आपसी अपनत्वको बन्धनले राष्ट्रिय अखण्डताको कसिलो आधार बनाएको छ ।
वर्तमान सरकारले आदिवासी जनजातिहरुको संस्कार र पहिचानलाई नामेट गर्ने काम गरेको छ । झापाको कमल गाउँपालिकाको पाडाजूगी स्थित आदिबासी जनजातिहरुका हजारौं समाधीहरु नष्ट गरी आदिबासी जनजाति अन्तराष्ट्रिय रंगशाला बनाउने भनी तत्कालीन सरकारसँग गरेको सम्झौताको उल्लंघन गरी आदिवासी जनजातिहरुको मृतात्माको अपमान गरेको छ । तत्कालीन सरकार प्रमुख स्व. गिरीजा प्रसाद कोइरालाको सरकारसंग गरेको सम्झौता अनुसार उक्त स्थानमा आदिबासी जनजातिहरुको कपुस्थानलाई नष्ट गरी एक अन्तराष्ट्रिय स्तरको रंगशाला बनाउने भनी सहमति भएको थियो र त्यो रंगशालाको नाम “आदिबासी जनजाति अन्तर्राष्ट्रिय रंगशाला” हुने भनी सहमति गरिएको थियो । तर वर्तमान सरकारले उक्त सम्झौताको उल्लङ्घन गरी सो रगशालाको नाम परिवर्तन गरी “मदन भण्डारी अन्तराष्ट्रिय रङ्गशाला” राख्यो जसको घोर आपत्ति अनि विरोध भयो र अन्ततः रंगशालाको स्थान नै परिवर्तन गरी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्ने काम भयो ।
वर्तमान कम्युनिस्ट सरकारले जनजाती समुदाय माथिको दृष्टिकोण छर्लङ्ग पार्दै जातिय पहिचान, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र अखण्डता माथि नाङ्गो प्रहार गरेको छ । त्यस्तै झापाको मेची नगरमा रहेको कपूस्थानको पनि जबर्जस्ती नष्ट गरी जातिय सदभाव खल्बल्याउने काम गरेको छ । सरोकारवाला समुदायलाई जानकारी नै नगरी हचुवाको भरमा समाधिस्थल नष्ट गर्ने काम आपत्तिजनक छ ।
किरात समुदायहरूको धार्मिक तथा सांस्कृतिक पहिचान बोकेको र जातीय संस्कार, धर्म, पहिचान, आस्था, रीतिरिवाज, संस्कृति र अनुष्ठानको प्रतीकको रुपमा रहेको ताप्लेजुङ् जिल्लामा अवस्थित पाथीभरा क्षेत्रलाई पनि विवादित बनाएको छ । किरात याक्थुङहरुको सांस्कृतिक भूमि मुक्कुमलुङ नाम परिवर्तन गरी विवाद सिर्जना गरेको छ । किरात संस्कृति अनुसार मुक्कुम भन्नाले शक्ति र लुङ् भन्नाले पवित्र ढुङ्गा भन्ने विश्वास गरिन्छ । शक्ति ढुंगाको प्रतीक भनी हजारौं वर्ष देखि पूजा पाठ गर्दै आएका संस्कार र संस्कृति बोकेका आदिबासी जनजाति माथि अपमान गरेको छ । सनातन धर्म संस्कृति र किरात मुन्धुम, धर्म, संस्कृति बीचको एकता, अपनत्व र धार्मिक सहिष्णुता माँझमा फाटो ल्याउने काम गरेको छ । वर्तमान ओली सरकार देश भित्र भएका विभिन्न जात जाति, भाषा भाषी, धर्म सम्प्रदाय माथि फाटो सृजना गरी आफ्नो आयु लम्याउने गलत रणनीतिबाट निर्देशित देखिन्छ ।
सदियौं वर्ष देखि कायम रहेको राष्ट्रिय एकतालाई खलबल्यायार त्यो “धमिलो पानीमा राजनीतिक माछा मार्न” उद्यत नेपालका सत्तासीनपार्टीका नेता र उनीहरूको क्रियाकलापले नेपाली जनतालाई आजित बनाएको छ । विकल्पै विकल्पको खोजीमा भौंतारिएका नेपाली जनताले जातिय सदभाव सहितको अग्रगमनको गोरेटो रोज्नु नै निर्विकल्प हुने छ । नेपालका केही पार्टीका नेताहरुले आदिवासी जनजातिका केही भरौटे अगुवा पछुवा नेता हुँ भन्ने चरित्रको ढाँडमा नै टेकेर उनीहरूको आस्था र पहिचानको शिर छेदन गर्दासम्म नतमस्तक भएर साक्षि बन्ने महामहिमहरुबाट नै बढी सजक र सावधान हुनु जरुरी छ । अबको आधुनिक विश्वमा सबैको आस्था, पहिचानको नामेल होइन सामेल गरेर अघि बढनु नै अर्जुन लक्ष हुन सक्छ ।
ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...
दमक, १५ असार । मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...
ललितपुर, १५ असार । चर्चित युवा गायक एकदेव लिम्बू र चर्चित भारतीय गायिका नेहा कक्करको आवाजकाे गित ‘झिम झिम’ हिन्दी भर्सन गीतकाे भिडियाे युट्युबकाे टेण्डिङ एकमा पुगेकाे छ । शुक्रबार ‘झिम झिम’को हिन्दी रिमेक गित...
दमक, १५ असार । प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले तेह्रथुम जिल्लामा जन्म लिएर विराटनगर बसोबास गरिरहनुभएका तथा पुख्र्यौली तेह्रथुम जिल्ला भएका विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्ने बताउनुभएको छ । तेह्रथुम सरोकार समाज, विराटनगरको दोश्रो...