जातीय सदभाव सहितको अग्रगमन

,   लिम्बुवान न्युज
                       

आदिमकालदेखि नेपालमा बस्दै आएका हामी विभिन्न जातजातिहरुको माझमा जातिय मेलमिलाप, सदभाब र आपसी सदभाव कायम हुँदै आएको छ । नेपाल एक बहुभाषिक, बहुसांस्कृतिक भएको र अनेकतामा एकता कायम राखेको असंलग्न राष्ट्र हो । नेपालका हिमाल, पहाड र तराईमा बसोबास गर्ने हामी नेपालीमा आदिमकालदेखि नै धार्मिक, सांस्कृतिक, भाषिक सहिष्णुता कायम रहेको छ ।

हामी ब्राह्मण, क्षेत्री, राई, लिम्बू, गुरुङ, तामाङ, शेर्पा, मण्डल, थारु, झा, चौधरी, मुसहर, सतार, आदि सबै जातजातिका आ–आफ्नै संस्कार, संस्कृति, रीतिरिवाज, चालचलन, भेषभूषा, परम्परा र अनुष्ठानहरु छन । एकले अर्कोको चाल चलन, रीतिरिवाज र परम्परालाई अपनत्व गर्दै आएका छौ र त्यो नै हामी नेपाली माझको गौरव, एकता र राष्ट्रिय अखण्डता हो । एकले अर्काको अस्तित्वलाई ग्रहण गर्नु र अपनत्व स्वीकार गर्नु नै सह–अस्तित्व हो । यही सह–अस्तित्वको माध्यमबाट हामी नेपालीले विश्व सामु हाम्रो पहिचान स्थापित गरेर राष्ट्रिय साख र कीर्तिमान जोगाएका छौ र यो नै हाम्रो प्राण तुल्य भएको छ र हुन्छ ।

तर वर्तमान के पी ओलीको सरकारले हामी नेपाली–नेपाली माझको राष्ट्रिय एकता, अपनत्व, भाइचारा, राष्ट्रिय धार्मिक र सांस्कृतिक सहिष्णुतालाई भताभुङ्ग र लथालिङ्ग पार्ने काम गरेको छ । हामी विभिन्न जात जाति, भाषाभाषी र धर्म सम्प्रदाय माझको राष्ट्रिय एकताको जगलाई हल्लाउने काम गरेको छ । राष्ट्रिय एकताको जग हल्लिएमा राष्ट्रलाई गम्भिर संकट आउनसक्ने हुन् सक्छ । हामी पृथक जातजाति र भाषाभाषीका फरक–फरक रीतिरिवाज र परम्परालाई धार्मिक र सांस्कृतिक सह–अस्तित्व सहितको आपसी अपनत्वको बन्धनले राष्ट्रिय अखण्डताको कसिलो आधार बनाएको छ ।

वर्तमान सरकारले आदिवासी जनजातिहरुको संस्कार र पहिचानलाई नामेट गर्ने काम गरेको छ । झापाको कमल गाउँपालिकाको पाडाजूगी स्थित आदिबासी जनजातिहरुका हजारौं समाधीहरु नष्ट गरी आदिबासी जनजाति अन्तराष्ट्रिय रंगशाला बनाउने भनी तत्कालीन सरकारसँग गरेको सम्झौताको उल्लंघन गरी आदिवासी जनजातिहरुको मृतात्माको अपमान गरेको छ । तत्कालीन सरकार प्रमुख स्व. गिरीजा प्रसाद कोइरालाको सरकारसंग गरेको सम्झौता अनुसार उक्त स्थानमा आदिबासी जनजातिहरुको कपुस्थानलाई नष्ट गरी एक अन्तराष्ट्रिय स्तरको रंगशाला बनाउने भनी सहमति भएको थियो र त्यो रंगशालाको नाम “आदिबासी जनजाति अन्तर्राष्ट्रिय रंगशाला” हुने भनी सहमति गरिएको थियो । तर वर्तमान सरकारले उक्त सम्झौताको उल्लङ्घन गरी सो रगशालाको नाम परिवर्तन गरी “मदन भण्डारी अन्तराष्ट्रिय रङ्गशाला” राख्यो जसको घोर आपत्ति अनि विरोध भयो र अन्ततः रंगशालाको स्थान नै परिवर्तन गरी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्ने काम भयो ।

वर्तमान कम्युनिस्ट सरकारले जनजाती समुदाय माथिको दृष्टिकोण छर्लङ्ग पार्दै जातिय पहिचान, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र अखण्डता माथि नाङ्गो प्रहार गरेको छ । त्यस्तै झापाको मेची नगरमा रहेको कपूस्थानको पनि जबर्जस्ती नष्ट गरी जातिय सदभाव खल्बल्याउने काम गरेको छ । सरोकारवाला समुदायलाई जानकारी नै नगरी हचुवाको भरमा समाधिस्थल नष्ट गर्ने काम आपत्तिजनक छ ।

किरात समुदायहरूको धार्मिक तथा सांस्कृतिक पहिचान बोकेको र जातीय संस्कार, धर्म, पहिचान, आस्था, रीतिरिवाज, संस्कृति र अनुष्ठानको प्रतीकको रुपमा रहेको ताप्लेजुङ् जिल्लामा अवस्थित पाथीभरा क्षेत्रलाई पनि विवादित बनाएको छ । किरात याक्थुङहरुको सांस्कृतिक भूमि मुक्कुमलुङ नाम परिवर्तन गरी विवाद सिर्जना गरेको छ । किरात संस्कृति अनुसार मुक्कुम भन्नाले शक्ति र लुङ् भन्नाले पवित्र ढुङ्गा भन्ने विश्वास गरिन्छ । शक्ति ढुंगाको प्रतीक भनी हजारौं वर्ष देखि पूजा पाठ गर्दै आएका संस्कार र संस्कृति बोकेका आदिबासी जनजाति माथि अपमान गरेको छ । सनातन धर्म संस्कृति र किरात मुन्धुम, धर्म, संस्कृति बीचको एकता, अपनत्व र धार्मिक सहिष्णुता माँझमा फाटो ल्याउने काम गरेको छ । वर्तमान ओली सरकार देश भित्र भएका विभिन्न जात जाति, भाषा भाषी, धर्म सम्प्रदाय माथि फाटो सृजना गरी आफ्नो आयु लम्याउने गलत रणनीतिबाट निर्देशित देखिन्छ ।

सदियौं वर्ष देखि कायम रहेको राष्ट्रिय एकतालाई खलबल्यायार त्यो “धमिलो पानीमा राजनीतिक माछा मार्न” उद्यत नेपालका सत्तासीनपार्टीका नेता र उनीहरूको क्रियाकलापले नेपाली जनतालाई आजित बनाएको छ । विकल्पै विकल्पको खोजीमा भौंतारिएका नेपाली जनताले जातिय सदभाव सहितको अग्रगमनको गोरेटो रोज्नु नै निर्विकल्प हुने छ । नेपालका केही पार्टीका नेताहरुले आदिवासी जनजातिका केही भरौटे अगुवा पछुवा नेता हुँ भन्ने चरित्रको ढाँडमा नै टेकेर उनीहरूको आस्था र पहिचानको शिर छेदन गर्दासम्म नतमस्तक भएर साक्षि बन्ने महामहिमहरुबाट नै बढी सजक र सावधान हुनु जरुरी छ । अबको आधुनिक विश्वमा सबैको आस्था, पहिचानको नामेल होइन सामेल गरेर अघि बढनु नै अर्जुन लक्ष हुन सक्छ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी

विराटनगर, १९ असाेज । १ नम्बर प्रदेश (कोशी) सरकारले प्रदेशभित्र लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने तयारी अघि बढाएको छ। भाषा आयोगको सिफारिस तथा निर्देशनअनुसार प्रदेश सरकारले यी दुई भाषालाई आधिकारिक...

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

;