आज ९१औं समाज सुधार दिवस

,   लिम्बुवान न्युज
                       

लिम्बुवानखबर,२४ वैशाख।  आज ९१औं समाज सुधार दिवस हाे । विश्वमा छरिएर रहेका किरात जाती अथवा धर्मावलम्बीहरूले आज चार्डकाे रूपमा याे दिवसलाइ मान्दै आएका छन् । तर काेराेनाका कारण गत साल र याे बर्ष दिवस मान्ने अवसर पाएका छैनन् ।

आजभन्दा ९१ बर्ष अगाडि आजकै दिन बि.सं. १९८८ साल बैशाख २४ गते महागुरु फल्गुनन्दले पान्थरको लब्रेकुटीमा बृहत चुम्लुङ् गरेका थिए । याक्थुङ्वा (लिम्बु) जातीहरु अशिक्षा र अर्धचेतनाका कारण उनीहरु बिकृति, विसंगीत, कुरीति, कुसंस्कार, भाषा, धर्ममा एकरुपता नभएर दलदलमा फसेका थिए । त्यसलाई एकरुपता दिन फल्गुनन्दले १० लिम्बुवान, १७ थुमका ठूलाबडा गन्यमान्य, सुब्बा, तालुकदार, समाजसेवी, बुद्धिजीवी, तुतु–तुम्याहाङहरुको भेला गरी पान्थरको लब्रेकुटी नाम्भुनयक माङहिममा ऐतिहासिक ७ बुँदे सत्यधर्म मुचुल्का लेखेको दिन हो ।

यसरी लेखिएको मुचुल्कालाई लिम्बुवानका थुम थुममा बितरण समेत गरिएको आजको दिनलाई गर्दै ९१औं समाज सुधार दिवस आज किरात धर्मावलम्बीहरुले मनाउँदै आएका छन् । विशेष गरेर किरात धर्मलाई अंगिकार गरेर महागुरु फल्गुनन्दको अनुयायी बनेका चेलाहरु जो सत्यहाङ पनि भन्न रुचाउँछन् उनीहरुले आजको दिनलाई समाजसुधारको दिनको रुपमा मान्दै आएका छन् । याक्थुङ्बा जातीहरुमा अचेतनाको बाबजुद महागुरुबाट ज्ञान प्राप्तभएको र लिम्बु समुदायमा शिक्षाको ज्योति आएको भनेर मान्ने परम्परा पनि भन्दछन् ।

भाषाविद तथा साहित्यकार ज्ञानोदय लाओतीका अनुसार १९८८ साल वैशाखमा महागुरुको उपस्थितिमा ७ बुँदे सत्यधर्म मुचुल्का लेखिएतापनि पछि वहाँकै उपस्थितिमा लब्रेकुटी नाम्भुनयक माङहिममै थप ३ वटा बुँदाहरु थप गरि १० बुँदे सत्यधर्म मुचुल्का लेखिएको बताउँछन् । लाओती भन्छन्— याक्थुङ्बाहरुको यतिको चेतना आउनुको श्रेय नै महागुरु फाल्गुनन्द हुन् ।

यसैगरी अर्का साहित्यकार सेसेमी से नाल्बोको भनाई पनि उहि रहेको छ । मुलत हामी मानव जातीहरुमा शिक्षाको ज्योति नभइन्जेल अन्धकारमा परुन्जेल असभ्य समाजमा हुर्किएको परिवेशमा महागुरुबाट समाज परिवर्तनको निमित्त भएको ऐतिहकासिक कार्य जो किरातीहरुले कहिल्यै विर्सन्न नहुने नाल्बोको तर्क छ । याक्थुङ्बाहरु कुसंस्कार, कुरिती, सोतरित, मत मंस काटमार मै विलिन भईरहेको अवस्थामा नयाँ शिराबाट महागुरुले सुधारको कार्यगर्नुभएको धार्मिक चेतनाका ज्ञान मुन्धुमलाई जिवन्त बनाइदिनुभएको हुँदा आजको दिन कहिल्यै बिर्सन नुहने बताउँछन् ।

पाँचथरका नयाँ पुस्ताका चर्चित साहित्य सर्जक विद्वान सागर केरुङका अनुसार पछिल्लो समयमा लिम्बु (याक्थुङ्वा)हरुमा चोक्फुङ्गे संस्कार हावी भई आएको हुँदा सय बर्ष अघि कोरिएका ऐतिहासिक दस्तावेजहरु कतै लोप त हुने होइन वहाँको चिन्तन रहेको छ । सत्यधर्म मुचुल्कालाई राजनैतिक दलको घोषणापत्र बनाईरहेको उनको आरोप छ । याक्थुङ (लिम्बु)हरुले ज्ञानको रुपमा विकास गरेको मुन्धुमलाई बचाउन सबै एकजुट हुनु पर्ने उनको जिकीर रहेको छ ।

संसोधित १० बुँदे सत्यधर्म मुचुल्कामा के लेखिएको छ त, बुँदागत रुपमा हेरौं

१. पूजापाठका लागि मन्दिर र अज्ञानता निवारणका लागि लिम्बू भाषा र किरात श्रीजंगा लिपिमा पठनपाठन हुने पाठशाला निर्माण र स्थापित गर्ने, पूजा खर्च र शिक्षकको तलबलाई प्रत्येक लिम्बू घरले श्रद्धाले दुई आना चन्दा नियमित दिने ।

२. चन्दा संकलन र खर्च भएको व्यहोरा राम्ररी राख्ने र सुधारको काम गर्न अघि सबैको सल्लाह मतो गर्ने । गाउँलेहरुमा एकताकोे अनुभव र महत्व बुझाउने ।

३. जन्म, मरण र विहेको संस्कारमा चलिआएको जाँड, रक्सी, मासु मंसको व्यवहार काटमारलाई बन्द गर्ने र यसको सट्टा धूपबत्ति, फलफूलको मात्र चलन गर्ने ।
४. छोरी चेलीको सोतरीत खाने लिम्बूको चलन मनुष्य धर्मको विपरित भएकोले अब उपरान्त सोतरीत नखाई वागदत्ता ठहराई विवाह गरी दिने र बिहेपछि माइतीलाई चेलीको जुठो नलाग्ने ।

५. पुरुषको मृत्युमा ९ दिन र महिलाको मृत्यूमा ८ दिन जुठो बार्ने चलनलाई अब उप्रान्त ४ दिन र ३ दिन मात्र बनाउने ।

६. सुतक छोरा भए ४ दिन र छोरी भए ३ दिन बार्ने चलनलाई सनातन बमोजिम परिवारले १० दिन बार्ने र सुत्केरीले २२ दिन बार्ने ।

७. कसैको मृत्युको समयमा किरिया बारेको समयमा जाँड रक्सी, सुंगुर, कुखुरा काटि पिण्ड दिने र मलामीलाई ख्वाउने चलन बन्द गर्ने र अब उप्रान्त अदुवा, दूध र चामलको पिण्ड दिने सोही बमोजिम जुठो बार्दा र फुकाउँदा मदमदिरा र मंसको प्रयोग नगर्ने ।

८. लिम्बूहरुमा संगुर, कुखुराको मासु खाने चलन शुरुमा नभएको र पछिबाट खाने चलन शुरु भएकोले अब उप्रान्त यो नखाने ।

९. लिम्बूहरुको प्रत्येक संस्कारमा (जन्म, विबाह, मरण र सेवा पूजामा) रक्सी, जाँड र मासुको प्रयोग भएकोले यो प्रयोग खर्चालु, अस्वथ्यकारी र अधर्मी पनि भएकोले यसलाई अब उप्रान्त बन्द गर्ने, सकभर नखाने ।

१०. विहेमा दुलाह दुलहीलाई गायत्री मन्त्र (किरात लिम्बू मुन्धुम) नसुनी, नसुनाई यस्तो शुभकार्य सम्पन्न नभएकोले यो परम्परा शुरु गर्ने र लिम्बूहरुले कपास खेती गरी आफैं धागो बनाएर गाउँघरमै कपडा बुन्ने र यही कपडाको प्रयोग गर्ने । अब उप्रान्त विदेशी कपडा प्रयोग नगर्ने ।)

 

सम्बन्धित समाचार

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी

विराटनगर, १९ असाेज । १ नम्बर प्रदेश (कोशी) सरकारले प्रदेशभित्र लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने तयारी अघि बढाएको छ। भाषा आयोगको सिफारिस तथा निर्देशनअनुसार प्रदेश सरकारले यी दुई भाषालाई आधिकारिक...

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

;