याक्थुङ (लिम्बू) र मगर भाषामा बालसाहित्य अनुवाद हुने

 लिम्बुवान न्युज
                       

  • सेसेहाङ् फियाक

एसिया फाउन्डेसन अन्तरगत लेट्स रिड अभियानसँग किरात याक्थुङ चुम्लुङ र मघर लेखक सङ्घको संयुक्त प्रयासमा याक्थुङ (लिम्बु) र मगर भाषामा बाल साहित्य अनुवाद हुने भएको छ । जुन १८ देखि आरम्भ हुने अनुवाद प्रत्येक भाषामा ६० हाराहारीमा किताबहरू तयार हुनेछन् ।

१८ जुनमा सम्पन्न भर्चुअल उद्घाटन कार्यक्रममा एसिया फाउन्डेसनका नेपाल प्रतिनिधि श्रीमती मेघन नाल्बोले लेट्स रिड मार्फत् बालसाहित्यका सामग्रीहरू विभिन्न भाषाहरूमा लेखन तथा अनुवाद गरि मुद्रित र डिजिटल रूपमा तयार गरिएको जानकारी दिएका थिए । कोभिड १९ को पान्डामिकमा यस कार्यले बालबालिकाहरूलाई घरमा नै बसी पढ्न र सिक्न ठुलो सहयोग पुगेको प्रतिनिधि मेघनले बताएका छन् ।

बाल साहित्य समाज नेपालका अध्यक्ष ध्रुब घिमिरेले बाल सहित्य सामाग्री स्थानिय भाषामा तयार गरी उपलब्ध गराउने लेट्स रिडको अभियान अन्तरगत यो अनुवादको काम हुनु खुशीको कुरो भएको बताए । उनले नेपालका भाषाहरूमा बालसाहित्यका सामग्रीहरू एकदमै कम भएको पनि जानकारी दिए । घिमिरेले लोक कथाहरू एक समुदायबाट अर्को समुदायमा बसाइँ सर्ने भएता पनि लिजेन्ड कथाहरू यथास्थानमा रहने हुनाले यसखाले कथाहरू पनि प्रकाशनमा ल्याउनु पर्ने घिमिरेले बताएका छन् ।

किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष योगराज वनेमले याक्थुङ लिम्बु भाषामा बाल साहित्यका पुस्तकहरू अनुवाद गर्ने कार्यको थालनी हुनु ऐतिहासिक काम प्रारम्भ भएको बताए ।

एसिया फाउन्डेसनका अधिकृत समीरा श्रेष्ठले एसियाका २१ देशका ४२ भाषाहरूमा अनुवाद गरिएका ६,४४८ शीर्षकका बाल साहित्यका किताबहरू रहेको जानकारी दिइन् । यसरी नै लेट्स रिड अभियानमा ६९१ सर्जक, ३,१२३ अनुवादक, ३६९,१२३ मुद्रित पुस्तकहरू रहेको जानकारी प्राप्त भएको थियो । यसरी नै उहाँले नेपाली, नेपाल भाषा, थारु, तामाङ हुँदै यस वर्ष याक्थुङ लिम्बु र मगर भाषामा काम हुँदै गरेको पनि श्रेष्ठले बताइन् ।

एसिया फाउन्डेसनमा अफगानिस्तान, बाङ्लादेश, कम्बोडिया, चीन, भारत, इन्डोनेसिया, जापान, कोरिया, लाओस, मलेसिया, मङ्गोलिया, म्यानमार, नेपाल, प्यासिफिक आइल्यान्ड, पाकिस्तान, फिलिपिन्स, सिङ्गापुर, श्रीलङ्का, थाइल्यान्ड, टिमोर लेस्टे र भियतनाम रहेका छन् ।

अनुवाद कार्यक्रममा रविन्द्र केदेम, सीता पिरती, इन्दिरा नेम्बाङ, प्रेम येक्तेन, पूर्ण कुमारी लिङदेन, अमित थेबे, टङ्कमाया तिगेला, क्षितिज सुब्बा याक्थुङ लिम्बु भाषाका अनुवादक रहेका छन् ।

अमर तुम्याहाङ, सेसेहाङ फियाक, दिलेन्द्र कुरुम्बाङ, येहाङ लाओती, कमल तिगेला पिएचडी, यासेली योङहाङ र मोहन तुम्बाहाङ पिएचडी याक्थुङ भाषामा अनुदित बाल पुस्तकहरूको सम्पादक रहेका छन् भने मधुराज केरुङ र डिबी आङबुङ अनुवादक तथा सम्पादकका रूपमा रहनेछन् ।

गत साल पनि लेट्स रिड अभियानका केही किताबहरू अमर तुम्याहाङ र नाम्ओती नेम्बाङबाट याक्थुङ (लिम्बू) भाषामा अनुवाद गरिएका थिए । नाम्ओती नेम्बाङले युमा साम्माङको कथा (मुन्धुम कथा) पुनरलेखन गरेकी थिइन् ।

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...