एसियन महिला भलिबल च्याम्पियनसिपमा नेपालसहित १२ टिमले खेल्ने

 लिम्बुवान न्युज
                       

काठमाडौं । फिलिपिन्समा आयोजना हुने एसियन महिला भलिबल च्याम्पियनसिपमा नेपालसहित १२ टिमको सहभागिता हुने भएको छ । जुन १५ तारिखसम्म टिम इन्ट्री गर्ने समय रहेकोमा ५ देशले खेलमा सहभागी नहुने भएका छन् ।

कोरोना महामारीका कारण देखाएर न्यूजिल्याण्ड, चीन, इन्डोनेशिया, श्रीलंका र भेयतनामले प्रतियोगिताबाट नाम फिर्ता लिएका छन् । यो प्रतियोगिता चीनमा आयोजना गर्ने भनिए पनि चीनले आयोजना गर्न अस्वीकार गरेपछि फिलिपिन्समा सारिएको हो ।

नेपालले बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोनको उपाधि जितेको थियो । यो जोनबाट नेपालसहित इरान, काजकिस्तान र भारत पनि एसियन च्याम्पियनसिप खेल्ने छन् ।

अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म आयोजना हुने प्रतियोगिताका लागि नेपाली महिला भलिबल टिमले तयारी भने शुरु गरिसकेको छ । त्यसका लागि नेपाल भलिबल संघले ३० जना खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर विहान र बेलुकी दुई सिफ्टमा प्रशिक्षण दिईरहेको जनाएको छ ।

प्रतियोगितामा सहभागी १२ टिममा नेपाल सहित फिलिपिन्स, जापान, दक्षिण कोरिया, काजकिस्तान, चाइनिज ताइपेई, इरान, थाइल्याण्ड, अस्ट्रेलिया, भारत, हङकङ र थाइल्याण्ड रहेका छन् ।

सम्बन्धित समाचार

ज्वाला इम्बुङले जिते समर मेडिटेशन र्‍यापिड चेस टुर २०२६ को उपाधि

दमक, भदौ १४ । एन्जल होमस्टे समर मेडिटेशन र्‍यापिड चेस टुर-२०२६ को उपाधि झापाका ज्वाला इम्बुङले जितेका छन्। इम्बुङ झापाको विर्तामोडका एक सफल ब्यबसायी पनि हुन् । इलामको श्रीअन्तुमा सम्पन्न प्रतियोगितामा इम्बुङले ४ खेलमा जित र...

रसुवा बाढि अपडेट: २ हजार ४९८ सम्पर्क बिहिन, ६ सय ७५ धव फेला

ललितपुर, १४ भदौ ।  तिब्बतदेखि रसुवाहुदै भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन हुनेको संख्या २ हजार ४९८ पुगेको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण २ हजार ४९८...

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

;