बागमती प्रदेश सरकारले आफ्नै सञ्चारमाध्यम सञ्चालन गर्ने तयारी गरेकोमा महासंघद्वारा आपत्ति

 लिम्बुवान न्युज
                       

काठमाडौं, ७ असार । नेपाल पत्रकार महासंघले बागमती प्रदेश सरकारले आफ्नै स्वामित्वमा सञ्चारमाध्यम सञ्चालन गर्ने तयारी गरेको भन्दै आपत्ति जनाएको छ ।

सरकारको जुनै तहले सञ्चारमाध्यम सञ्चालन गर्न नहुने र सरकारको नियन्त्रणमा रहेको सञ्चारमाध्यमलाई पनि स्वायत्त र स्वतन्त्र बनाउनु पर्नेमा प्रदेश सरकार आफैले सञ्चारमाध्यम संचालन गर्ने तयारी प्रति महासंघले ध्यानाकषर्ण गरेको हो ।

प्रदेश सरकारले २०७८/०७९ को बजेटमार्फत आफैं सञ्चारमाध्यम सञ्चालन गर्नेगरी बजेट विनियोजन गरेकोमा तत्काल सो निर्णय फिर्ता गर्न महासंघले माग गरेको छ । सरकार आफैले सञ्चारमाध्यम संचालन गर्दा नागरिकको विचारलाई नियन्त्रण गर्ने, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित बनाउने एवं स्वतन्त्र पत्रकारिताको मान्यता र भावनाविरुद्ध हुने महासंघको ठहर छ ।

लोकतन्त्रको मूल्य मान्यताको उपहास हुनेगरी बागमती प्रदेश सरकारले गरेको यो निणर्यले नीजि र सामुदायिक स्तरबाट सञ्चालित सञ्चारमाध्यमलाई धरासायी बनाउने, स्वतन्त्र प्रेस र नागरिकका आवाजहरुलाई दबाउने उद्देश्य रहेको प्रष्ट छ । सञ्चारमाध्यम सञ्चालनका लागि बजेट विनियोजन गरिएकोमा महासंघ यसको कडा शब्दमा भर्त्सना गर्दै आपत्ति प्रकट गर्दछ ।

महासंघ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता एवं पत्रकारिताको मर्म र भावनाविरुद्ध रहेको यो निणर्य तत्काल फिर्ता लिन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गर्दै महासंघका महासचिव रोसन पुरीले सोमबार विज्ञप्ति जारी गरेका छन् । उनले विज्ञप्ति मार्फत निर्णय फिर्ता नलिए बागमती प्रदेश सरकार विरुद्ध कडा रुपमा जान बाध्य हुने जनाएका छन् ।

सम्बन्धित समाचार

ज्वाला इम्बुङले जिते समर मेडिटेशन र्‍यापिड चेस टुर २०२६ को उपाधि

दमक, भदौ १४ । एन्जल होमस्टे समर मेडिटेशन र्‍यापिड चेस टुर-२०२६ को उपाधि झापाका ज्वाला इम्बुङले जितेका छन्। इम्बुङ झापाको विर्तामोडका एक सफल ब्यबसायी पनि हुन् । इलामको श्रीअन्तुमा सम्पन्न प्रतियोगितामा इम्बुङले ४ खेलमा जित र...

रसुवा बाढि अपडेट: २ हजार ४९८ सम्पर्क बिहिन, ६ सय ७५ धव फेला

ललितपुर, १४ भदौ ।  तिब्बतदेखि रसुवाहुदै भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन हुनेको संख्या २ हजार ४९८ पुगेको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो अपडेट अनुसार बाढी तथा विपद्का कारण २ हजार ४९८...

रसुवा बाढीमा मर्नेको संख्या ४ सय ७५ पुग्यो

ललितपुर, १२ भदौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममो ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार...

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

;