युरोकप २०२० को सेमिफाइनल समीकरण पुरा

 लिम्बुवान न्युज
                       

काठमाण्डौ । १६औं संस्करणको युरो कप २०२० फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । युरोपका विभिन्न ११ सहरमा भइरहेको युरोकप फुटबलमा गएराति इङ्ल्यान्ड र युक्रेनबीचको खेल सकिएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो ।

गएराति भएको अन्तिम क्वाटरफाइनल खेलमा युक्रेनलाई ४–० गोलले पराजित गर्दै इङ्ग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ । यस्तै अन्तिम दोस्रो खेलमा चेक रिपब्लिकलाई हराउँदै डेनमार्क सेमिफाइनलमा प्रवेश गरेको छ । चेक रिपब्लिकलाई २–१ गोलले पराजित गर्दै डेनमार्क सेमिफाइनलमा प्रवेश गरेको हो ।

यसैगरी गएराति भएको दुई खेलमा स्पेनले स्विटजरलेण्डलाई पेनाल्टी सुटआटमा ३–१ले पराजित गरेको थियो भने इटलीले विश्वनम्बर वान बेल्जियमलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको हो ।

इङ्ग्ल्यान्ड, इटली, स्पेन र डेनमार्क युरोकपको अन्तिम चारमा प्रवेश गर्न सफल भएका छन् । सेमीफाइनलमा इटली र स्पेनबीचको खेल बुधवार राति १२ः ४५ बजे हुनेछ भने डेनमार्कले इङ्ग्ल्यान्डसँग बिहीवार राति १२:४५ बजे प्रतिस्पर्धा गर्ने छ ।

विश्व नम्बर वान बेल्जियम, स्विटजरलेण्ड, येक्रेन र चेक रिपब्लिकले अन्तिम ८ मा स्थान बनाउँदै युरोकप २०२० बाट विदा भएका छन् ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...