युरो २०२० को १६औं संस्करणमा इटाली र इंग्ल्याण्ड भिड्दै

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर । युरो २०२० को १६ औं संस्करणको फाइनलमा उपाधिका लागि इटली र इंग्ल्याण्ड भिड्ने पक्का भएको छ । दुवै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन् ।

एक पटक युरो कप विजेता इटली ९ वर्षपछि फाइनल पुगेको हो । इटलीले यस अघि सन् १९६८ मा घरेलु मैदानमै युरोकपको उपाधि जितेको थियो । त्यसयता सन् २००० र २०१२ मा फाइनल पुगेको इटली पराजित भएको थियो ।

यता इंग्ल्याण्ड पहिलो पटक युरोकपको फाइनलमा पुगेको हो । उसले सन् १९६६ मा घरेलु मैदानमै विश्वकप जिते यता ५५ वर्षपछि ठूलो प्रतियोगिताको फाइनल पुगेको हो ।

११ देशका विभिन्न शहरहरुमा एकसाथ आयोजना भएको युरोकपमा यस पटक दुवै आयोजक राष्ट्रहरु फाइनल पुगेका छन् । समूह ए मा रहेको इटलीले समूह चरणको सबै खेल घरेलु मैदानमा खेलेको थियो । यसैगरी इंग्ल्याण्डले भने क्वार्टरफाइलबाहेकका सबै खेल घरेलु मैदान वेम्बलीमा खेलेको थियो ।

अब फाइनल खेल पनि आगामी आइतबार इंग्ल्याण्डले घरेलु मैदान वेम्बलीमा नै खेल्नेछ ।

समूह चरणको तीनवटै खेल जितेको इटलीले कुनै गोल खाएको थिएन । इंग्ल्याण्डले क्वार्टरफाइनलसम्म एक गोल पनि खाएको थिएन भने सेमिफाइनलमा एक गोल खायो ।

इटलीले फाइनल पुग्दा १२ गोल गरेको छ भने ३ गोल खाएको छ । उता इंग्ल्याण्डले अहिलेसम्म १० गोल गर्दा १ गोल मात्र खाएको छ । इंग्ल्याण्डका कप्तान ह्यारी केनले ४ गोल गरेका छन् उनी गोल्डेन बुटका दावेदार हुन् । सर्वाधिक गोल गर्ने सूचीको १ नम्बरमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो रहेका छन् उनको नाममा ५ गोल र १ असिस्ट रहेको छ ।

 

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...