भेट्रान्स फुटबल प्रतियोगिताको उपाधी झापालाई

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर संवाददाता । एफइ खुमलटार भेट्रान्सलाई पाखा लगाउँदै झापा भेट्रान्स फुटबल क्लब फुटबलर्स मिसन टुगेदरद्वारा आयोजित मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको विजेता बन्न सफल भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा झापाले बलियो टोली खुमलटारलाई २–१ गोलको अन्तरले हराउँदै उपाधी आफ्नो पोल्टामा पारेको हो। पहिलो हाफमा एक गोलले पछि परेपनि दोस्रो हाफमा झापाले दुई गोल फर्काएको थियो।

पहिलो हाफको २६औं मिनेटमा कप्तान नरेन्द्र लामाको गोल मार्फत खुमलटारले अग्रता बनायो। तर दोस्रो हाफमा वैकल्पिक खेलाडी श्यामकुमार गोलेले व्यक्तिगत दुई गोल गर्दै झापालाई पुनरागमन जित दिलाएका थिए।

यस् जितसँगै च्याम्पियन झापाले पुरस्कार स्वरुप पाँच लाख रुपैयाँ हात पारेको छ। खुमलटारले भने २ लाख ५० हजार रुपैयाँ पाउनेछ ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...