भारत आइसिसी टि२० विश्वकपबाट समुह चरणबाटै बाहिरियो

 लिम्बुवान न्युज
                       

एजेन्सी – विश्व क्रिकेटको पावर हाउस भारत आइसिसी टि२० विश्वकप २०२१ मा एक खेल अगावै समूह चरणबाटै बाहिरिएको छ । आइतबार न्युजिल्यान्डले अफगानिस्तानलाई ८ विकेटले पराजित गरेपछि भारतको झिनो अंक गणीतिय सम्भावना समाप्त हुँदै समूह चरणबाटै बाहिरिएको हो ।

भारतलाई शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्न अफगानिस्तानले न्युजिल्यान्डलाई हराउनै पर्ने हुन्थ्यो । तर न्युजिल्यान्डले अफगानिस्तानमाथि सानदार जित निकालेपछि अघिल्लो चरणको अंक गणीतिय सम्भावना सकिएको हो । अफगानिस्तानले प्रस्तुत गरेको १ सय २५ रनको सामान्य विजयी लक्ष्य न्युजिल्यान्डले १८.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।

न्युजिल्यान्ड ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । भारतले अन्तिम खेलमा सोमबार नामिबियालाई हराउँदा पनि जम्मा ६ अंक हुनेछ । जसको कारण समूह चरणबाटै बाहिरिएको हो । पाकिस्तान यस अघिनै ४ खेलमा ४ मानै जितका साथ सेमिफाइनलमा पुगेको थियो ।

टि२० विश्वकपको सेमिफाइनलमा पुग्ने ४ टोलीको टुङ्गो लागेको छ । यसअघिनै सुपर १२ को समूह १ बाट इंग्ल्यान्ड समूह विजेता र अष्ट्रेलिया उप विजेताको रुपमा सेमिफाइनलमा पुगेका थिए । आज हुने दोस्रो खेलमा पाकिस्तान र स्कटल्यान्डबीचको नतिजाले समूह विजेता र उप विजेताको टुङ्गो लाग्नेछ ।

पाकिस्तानले ४ खेलमा ४ मा जितका साथ ८ अंक भएपनि नेटरनरेटको आधारमा दोस्रो स्थानमा छ । पाकिस्तानले आज राती स्कटल्यान्डलाई हराउँदा १० अंकका साथ शीर्ष स्थानमा रहने छ । पराजित भएमा भने समान ८–८ अंक हुँदा नेटरनरेटको आधारमा न्युजिल्यान्ड शीर्षस्थानमा रहनेछ । न्युजिल्यान्डको नेटरनरेट प्लस १.१६२ र पाकिस्तानको प्लस १.०६५ छ ।

भारतले अन्तिम खेलमा सोमबार नामिबियालाई हराउँदा पनि जम्मा ६ अंक हुनेछ । जसको कारण समूह चरणबाटै बाहिरिएको हो । भारत पहिलो खेलमा पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो । दोस्रो खेलमा न्युजिल्यान्डसँग ८ विकेटले पराजित भएपछि समूह चरणबाटै बाहिरिने लगभग निश्चित जस्तै बनेको थियो ।

तेस्रो खेलमा अफगानिस्तानलाई ६२ रन र स्कटल्यान्डलाई ८ विकेटले हराउँदै झिनो आशा कायमै राखेको थियो । भारत २००७ को विश्वकप च्याम्पियन टोली हो । २०१४ मा उपविजेता र २०१६ मा सेमिफाइनलबाट बाहिरिएको थियो । टि२० विश्वकपको सेमिफाइनलमा इंग्ल्यान्डले समूह २ को उपविजेतासँग खेल्नेछ । अष्ट्रेलियाले समूह २ को विजेतासँग खेल्नेछ । सेमिफाइनल बुधबार र बिहीबार हुनेछ । फाइनल आइतबार हुनेछ ।

सम्बन्धित समाचार

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...