दमकमा मोतिविन्दु भएका ५३ जनाको निःशुल्क शल्यक्रिया

 लिम्बुवान न्युज
                       

दमक, १५ फागुन । मोतिविन्दु भएका ५३ जनाको दमक ६ स्थित मेची नेत्रालयले निःशुल्क शल्यक्रिया गरेको छ । मातृका आई फाउण्डेसन काठमाडौंसँगको सहकार्यमा नेत्रालयले शनिबार दमक र आसपास क्षेत्रका बिरामीहरुको लागि निःशुल्क शल्यक्रिया गरेको हो ।

यसअघि नेत्रालयले निःशुल्क आँखा शिविर सञ्चालन गरेको थियो । नेत्रालयले दमक नगरपालिका ९, चुलाचुली गाउँपालिका इलामको १ र ६ नम्बर वडामा, कमल गाउँपालिका झापाको २, ३ र ६ नम्बर वडामा र शिवसताक्षी नगरपालिकाको ११ नम्बर वडामा आँखा शिविर सञ्चाल गरेको थियो । सो शिविरमा करिव १५ सय जनाले सेवा प्राप्त गरेका अस्पतालको भनाइ छ । शिविर सञ्चालनका क्रममा भेटिएको मोतिविन्दु भएका ५३ जनाको शनिबार मेची नेत्रालय दमकमा शल्यक्रिया गरिएको हो ।
आँखाको पर्दा रोग विशेषज्ञ डा। शरदचन्द्र राई, डा। राजेश श्रेष्ठको टोलीसँगै मातृका आई फाउण्डेशनको प्राविधिक सहयोग रहेको थियो ।

मातृका आई फाउण्डेशन काठमाण्डौंको विशेष गरेर चश्मा/कन्ट्याक्ट लेन्सहरू तत्काल र स्थायी रूपमा हटाउन लेजर आँखाको शल्यक्रिया प्रमुख सेवाको रुपमा रहेको छ । आधुनिक उपकरणहरू सहितको बाहिरी–बिरामी–उन्मुख सर्जिकल केन्द्र हो । सेवाहरूमा व्यापक आँखा समस्या अनुसन्धान, औषधि, थेरापी चश्मा/कन्ट्याक्ट लेन्स र शल्यक्रियाहरू मार्फत उपचार समेत व्यवस्था रहेको छ ।

दमकमा नै पहिलो पटक अत्याधुनिक प्रविधिबाट बिना सिलाइ आँखाको पर्दा सम्बन्धी सम्पूर्ण सेवाहरू मेची नेत्रालयले १ वर्षअघिदेखि सुरु गरिसकेको छ । आँखाको जटील उपचार मानिने आँखाको पर्दा ९रेटिना० सम्बन्धी सेवा अत्याधुनिक प्रविधिबाट सिलाई नगरी सल्यक्रिया गरी दमकमा पहिलो पटक सुरु भएको हो ।

आँखा भित्र एउटा लेन्स हुन्छ । यो लेन्सले क्यामाराको लेन्सको जस्तै प्रकाशको किरणलाई केन्द्रित गर्ने काम गर्छ, जसले गर्दा तपाँई देख्न सक्नु हुन्छ । यो लेन्स, तपाँई जवान हुदा पारदर्शी र रङवबिहिन हुन्छ, तर जब तपाँई बुढो हुदै जानुहुन्छ, यो लेन्स धमिलो र पहेँलो हुदै जान्छ । तपाँईको लेन्सको धमिलोपनलाई मोतिविन्दु भनिन्छ । समय बित्दै जादा, मोतिविन्दुले तपाँईको दृष्टि अझ धमिलो बनाउँछ र तपाँईको आँखा प्रकाशको ज्योतिसँग संवेदनशील हुँदै जान्छ ।

सम्बन्धित समाचार

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...