
सहिद लाजेहाङको आमाको निधनः आजै अन्त्येष्टि
दमक, ११ साउन । प्रदेश नं. १ को कोशी नाम खारेजी आन्दोलनका क्रममा सहिद भएका पदम कुमार लिम्बु लाजेहाङको आमाको निधन भएको छ । बिक्रम सम्वत २०१५ साल भदौं चार गते तेह्रथुममा जन्मिएकी धनमाया लिम्बुको...
पाँचथर रबिबजार । पाँचथर जिल्लाको स्थानीयतह मध्ये दक्षिणी भेगमा रहेको मिक्लाजुङ गाउँपालिका हरेक कार्यमा उदाहरणिय बन्दै गएको छ ।
केही वर्षअघि हाइड्रोपावर नपुग्दा र बजार व्यस्थित नहुँदा जिल्लाको दोस्रो ठुलो रवि बजार निक्कै ओझेलमा परेको थियो ।
नयाँ संरचनापछि पालिकाको केन्द्र समेत रहेको यस बजारलाई कालोपत्र गर्ने काम र विद्युत सेवा प्रसारण भएपछि पालिकाको केन्द्र रवि बजारले मुहार फेरेको स्थानीयको भनाइ छ ।
गत कार्तिक महिनाको बेमौसमी वर्षाले यस पालिकामा देशकै ठुलो जनधनको क्षतिका बाबजुद पनि आफ्नो गतिविधिलाई निरन्तरता दिंदै पालिका भित्र निर्माणधिन भौतिक संरचना निर्माण सम्पन्न गर्दै धमाधम उद्घाटन भइरहेको छ ।
आइतबार पालिकाको ११औं गाउँसभाको उद्घाटनसंगै रवि बजारमा १ नम्बर प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोले सामुदायिक भवनको पनि उद्घाटन गरेका छन् ।
प्रदेश सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा तीन करोड ८५ लाख एक हजार सात सय ४२ रुपैयाँको लागतमा निर्माण व्यवसायि याकथुङहाङ आले जे.भि.ले निर्माण सम्पन्न गरेको भवन शहरी विकास इलामले पालिकालाई हस्तान्तरण गरेको कार्यालयले जनाएको छ । सामुदायिक सभाहल निर्माण गर्न स्थानीय जग्गादाता हेम बहादुर तामाङ र लिला माया तामाङले तीन–तीन रोपनी र मनमाया तामाङले दुई रोपनी गरि जम्मा आठ रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन् । वडा नम्बर ५ को प्रशासनिक कार्यालय सहितको सामुदायिक सभाहल पनि शनिबार उद्घाटन गरिएको छ ।
यसैबीच गाउँसभाको अवसरमा जग्गादाता र पालिकाको कृषक प्रोत्साहन कार्यविधिमा उल्लेख भएको मापदण्ड अनुसार आलु,मकै र धान उत्पादन गर्ने दुई सय ७२ जना कृषकलाई पनि नगदसहित सम्मान गरिएको छ । यसैगरी चार जना शिक्षक र १४ जना पालिका भित्रका कर्मचारी गरि जम्मा १८ जनालाई उत्कृष्ट कार्यसम्पादनको आधारमा सम्मान गरिएको छ ।
कृषक सम्मान कार्यक्रम,पर्यटन क्षेत्रको विकास,भौतिक पूर्वाधार,स्वास्थ्य चौकीमा दुरचिकित्सा सेवा लगायत अन्य थुप्रै नयाँ कार्यक्रम र प्रविधिसंग जोडिएको यो पालिका नमुनाको रूपमा विकसित बन्दै गएको चर्चा हुन थालेको छ ।
पर्यटन प्रबर्द्धनबाट समृद्ध पालिका बनाउने उदेश्यले जरिबुट्टे डाँडामा निर्माण शुरुआत गरेको बुद्धको मुर्ति सहितको पार्क र पालिकाको प्रशासकीय भवन निर्माण सम्पन्नको अन्तिम चरणमा पुगेको पालिकाका लेखा प्रमुख दिपेन्द्र कुमार चेम्जोङले जानकारी दिए । (तस्वीरः नयाँ बुलन्दबाट)
दमक, ११ साउन । प्रदेश नं. १ को कोशी नाम खारेजी आन्दोलनका क्रममा सहिद भएका पदम कुमार लिम्बु लाजेहाङको आमाको निधन भएको छ । बिक्रम सम्वत २०१५ साल भदौं चार गते तेह्रथुममा जन्मिएकी धनमाया लिम्बुको...
ललितपुर, ११ साउन । भाषा आयोगका माननीय अध्यक्ष डा. गोपाल ठाकुर, आयोगका माननीय सदस्यहरू तथा प्रमुख कर्मचारीहरूसँग किरात याक्थुङ चुम्लुङका प्रतिनिधिहरूबीच शुक्रबार काठमाडौंमा छलफल तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ। प्रदेश नं. १ मा याक्थुङ/लिम्बु...
ललितपुर, ९ साउन । पूर्व पान्थरमा जन्मिएका बहुप्रतिभाका धनी साहित्यकार, लेखक तथा निर्देशक सागर केरुङलाई ‘उत्कृष्ट निर्देशक अवार्ड’ प्रदान गरिएको छ । गत १९ जुलाई २०२५ मा स्कटल्याण्डको राजधानी एडिन्बरामा प्रथमपटक आयोजना गरिएको ‘नेपाल इन्डिजिनियस...
ललितपुर, ९ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार सम्मेलनको आयोजना गरेकी छिन् । पूर्व राष्ट्रपति भण्डारीले आफूलाई कुनै पदको महत्वकांक्षा र आशक्ति नभएको अब पदको कुनै आशक्ति नरहेको स्पष्ट पारेकी हुन् । शुक्रबार काठमाडौंस्थित कार्की...