मोफसलकै चर्चित बुढासुब्बा गोल्डकप आगमी चैत्र २६ देखि हुने

 लिम्बुवान न्युज
                       

धरान , १८ फागुन । मोफसलकै चर्चित बुढासुब्बा गोल्डकप आगामी चैत २६ गते देखि प्रतियोगिता हुने भएको छ । आयोजक धरान फुटबल क्लबले बुधबार पत्रकार सम्मेलन गर्दे चैत २६ गतेदेखि वैशाख ३ गतेसम्म २३औं टुबोर्ग बुढासुब्बा गोल्डकप प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो ।

धरान –१६ स्थित रङ्गशालामा हुने सो प्रतियोगितामा आयोजक सहित ८ वटा टिमले सहभागिता जनाउने क्लबका अध्यक्ष किशोर राईले पत्रकार सम्मेलनमा जानकारी दिए ।

कोरोना महामारीको कारण गतबर्ष स्थगित भएको प्रतियोगिता यो वर्ष भव्यताका साथ सम्पन्न गर्ने आयोजकले बताएको छ । प्रतियोगिताको विजेताले नगद ट्रफीसँगै नगद १० लाख र उपविजेताले नगद ५ लाख पाउनेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले १ लाख ५० हजार पाउनेछन् भने प्रत्येक खेलको म्यान अफ दि म्याचले १० हजार नगद पुरस्कार पाउनेछन् ।

प्रतियोगिताको सर्वाधिक गोलकर्ताले नगद २० हजार पाउनेछन भने उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्ड, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले जनही नगद १५ हजार पुरस्कार पाउने छन् ।

प्रतियोगितामा सहिद स्मारक लिगको उत्कृष्ट ३ वटा टिम, धरान फुटबल क्लब धरान, भारतका २ वटा क्लब र मोफसलको अन्य २ उत्कृष्ट क्लब पनि प्रतियोगितामा सहभागी हुने जानकारी दिइएको छ ।

२३ औँ संस्करणको प्रतियोगितामा ६६ लाख अनुमानित आय हुने अनुमान गरिएको छ भने ५१ लाख ३२ हजार खर्च हुने आयोजकको अनुमान रहेको छ । प्रतियोगिताको मुख्य प्रायोजक टुबोर्ग बियर, गोर्खा बु्रअरी, मुख्य सह–प्रायोजक क्वालिटी नुडल्र्स इन्टष्ट्रीज प्रा, ज्याकपट चाउ–चाउ, टेष्टी–टेष्टी बिस्कुट रहेका छन् ।

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...