रतुवामाइमा लिम्बुवान मञ्चको वडा कमिटी गठन

 लिम्बुवान न्युज
                       

उर्लाबारी, २० फाल्गुन । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल रतुवामाई वडा नं. १० को वडा कमिटी गठन भएको छ । बिहीबार रतुवामाइमा आयोजित कार्यक्रममा प्रान्तीय सचिव रामचन्द्र थापाको प्रमुख आतिथ्यतामा गणेश सहनीको संयोजकत्वमा समिति गठन भएको हो ।

उक्त समितिको सहसंयोजकमा शिवनारायण माझी, सचिवमा राजेश धामी, अर्थसचिवमा तिर्थ धामी रहेका छन् भने सदस्यहरुमा चन्द्रदेव चौधरी, विशाल चौधरी, धिरज विश्वास, किरण चौधरी, मुक्तनारायण धामी, सदिक्ष धामी र कमल विश्वास रहेका छन् ।

कार्यक्रम मञ्चका मोरङ जिल्ला सचिवालय सदस्य बल बा. पयाङङ्गोको अध्यक्षता, छेत्रीय उप–संयोजक महेस सहनीको स्वागत मन्तव्य र लिम्बुवान केन्द्रीय उपकमाण्डर राजु लिम्बुको संचालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...