प्रहरी, आर्मी, शसस्त्र र न्यू डायमण्ड दमकमा जारी महिला भलिबलको सेमिफाइनलमा प्रवेश

 लिम्बुवान न्युज
                       

दमक, २२ फाल्गुन । झापाको दमकमा जारी प्रथम दमक कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता–२०७८ को दोस्रो खेलमा काठमाण्डौंका राष्ट्रिय टिमहरु सेमी फाइनलमा प्रवेश गरेका छन् । आज भएको दुई चरणको खेलमा त्रिभूवन आर्मी, शसस्त्र प्रहरी बल, न्यू डायमण्ड क्लव र नेपाल प्रहरी विजयी बनेका छन् ।

विजयी टिमले आयोजक दमक भलिवल क्लव र प्रदेश नम्बर एकलाई दुई चरणको खेलमा हराएर सेमी फाइनलमा प्रवेश गरेका हुन् ।

दमक नगरपालिका खेलकुद समितिको आयोजनामा दमकको पशुहाटमा ११२ औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर महिला सशक्तीकरणका लागि आयोजना गरिएको खेल प्रतियोगितामा भोलि नेपाल प्रहरी र त्रिभूवन आर्मी तथा शसस्त्र प्रहरी र न्यू डायमण्डबीच सेमी फाइनलको खेल हुने आयोजकले जानकारी दिएको छ ।

भोलि सोमबार पहिलो सेमी फाइनल विहान ९ र दोस्रो अपरान्ह २ बजे फोर्थ अफिसियल सदस्य प्रेम बाँस्तोलाले जानकारी दिनु भयो ।

खेलमा प्रथम हुनेले २ लाख र दितीय १ लाख नगद पाउने छन् । यस्तै तेस्रो हुनेले ५० हजार र सान्तवना हुने टीमले २५ हजार नगद प्राप्त गर्नेछन् । राष्ट्रिय स्तरका महिला भलिवल टीमको सहभागितामा दमक नगरले पहिलो पटक दमक भलिवल कपको शुरुवात गरेको हो ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...